अक्षय कोषका लागी पत्रकार राना र चटौतले गरे आर्थिक सहयोग

पाँजलो न्युज
११ असोज २०७९ १०:५६
अक्षय कोषका लागी पत्रकार राना र चटौतले गरे आर्थिक सहयोग

धनगढी । रेडियो नेपाल दिपायलमा कार्यरत धिरेन्द्रराज चटौत र राम दुलारी रानाले दशै पेश्कीबाट स्व.पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् ।

दुबैले नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार खड्काको स्मृतीमा स्थापना गर्न लागेको अक्षय कोषमा नगद ५५ हजार दिएका छन् । स्व.पत्रकार खड्काले डोटी जिल्लाको पत्रकारीतामा पुगाएको योगदानको स्मरण गर्दै आफुहरुले अक्षय कोषमा सहयोग गरेको चटौले बताए ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए ।

बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । घटना संकास्पद भएकाले सरकारसंग घटनाको छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न आफन्त र पत्रकारहरुले माग गर्दै आएका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले स्व। संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापनाका विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको थियो ।

दशै पेश्कीबाट पाएको केही रकम अक्षयकोषमा जम्मा गर्ने चटौत र रानालाई शाखाका अध्यक्ष प्रकाश बमले धन्यबाद ज्ञापन गरेका छन् ।

घोषणा गरेको रकम केहि ब्यक्तीहरुले जम्मा गर्न ढिलाई गरेका कारण कोषलाई मुर्तरुप दिन ढिलाइ भएको बमले बताए । जम्मा हुने बित्तिकै अक्षय कोषको कामलाई अगाडि वढाइने अध्यक्ष बमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *