प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ काे बिजेता कैलालीकाे टिम लाई

पाँजलो न्युज
१० असोज २०७९ १२:११
प्रदेश स्तरिय खप्तड-शैलेश्वरी गाेल्डकप २०७९ काे बिजेता कैलालीकाे टिम लाई

कैलालीकाे टिमले शुन्यका बिरूद्ध २ गाेल हान्दै बिजेता भएकाे हाे । बिजेता भएसंगै कैलालीले १ लाख नगद सहित ट्रफि र प्रमाणपत्र हात पारेकाे छ भने उपबिजेताले ५० हजार नगद तथा ट्रफि, प्रमाणपत्र पाएकाे छ ।

असाेज ८ गतेदेखि १० गतेसम्म संचालन भएकाे गाेल्डकप फुटबल प्रतियोगितामा ६ वटा टिम सहभागी भएका थिए । पहिलाे सेमिफाइनलमा डाेटीकाे टिमलाई हराउँदै भैरव गणकाे टिम फाइनलमा पुगेकाे थियाे भने दाेस्राे सेमिफाइनलमा लैलालीले डडेल्धुरालाई हराउँदै फाइनलमा आएकाे थियाे ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा संचालन भएकाे गाेल्डकप फुटबल प्रतियाेगितामा उत्कृष्ट खेलाडीकाे उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन् ।

प्रतियोगितामा कैलाली, डाेटी, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ डाेटी, भैरव प्रसाद गणका टिम सहभागी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *