बनबेहडामा सुविधा सम्पन्न “आगमन” होटल सञ्चालनमा,नगर उपप्रमुख बमले गरेउद्घाटन

पाँजलो न्युज
१० असोज २०७९ ९:१६
बनबेहडामा सुविधा सम्पन्न “आगमन” होटल सञ्चालनमा,नगर उपप्रमुख बमले गरेउद्घाटन

धनगढी । बनबेहडामा सुविधा सम्पन्न होटल आगमन सञ्चालनमा आएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको बनबेहडामा युवा व्यवसायी राज शर्माको२ करोड भन्दा बढी लगानीमा आगमन होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।

स्थानिय स्तरमा लगानी प्रोत्साहन गर्दै आन्तरिक पर्यटन लाई बढाउने उदेश्यले होटल सञ्चालन गरिएको हो । आज घट्स्थापनाको अवसरमा होटलको उद्घाटन गरिएको हो । गौरिगंगा नगरपालिका स्थीत वडा नम्बर ६ , बनबेहडामा होटल स्थापना गरिएको हो ।

नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बमले एक समारोहका विच होटलको उद्घाटन गरेका हुन । एसि कोठाहरु, सेमिनारहल , नेपाली तथा विदेशी खानाका परिकार, प्रयाप्त पार्कीङको सुविधा सहितको होटल सञ्चालनमा आएको छ ।

उद्घाटन पछि प्रतिक्रिया दिदै नगर उपप्रमुख बमले स्थानिय स्तरमा लगानीले यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए । नगरपालिका भित्र सुविधा सम्पन्न होटल तथा कार्यक्रम स्थलको अभाव भैरहेको बेला आगमन होटल सञ्चालनमा आएको बताउदै बमले आन्तरिक पर्यटनमा समेत यसले मद्त पुगाउने बताए ।

उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर कुँवर,स्थानिय समाजसेवी तथा व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *