साइकल यात्री पुस्कर शाहको डकुमेन्ट्री ‘एमी अवार्ड’मा

पाँजलो न्युज
२ असोज २०७९ २:१७
साइकल यात्री पुस्कर शाहको डकुमेन्ट्री ‘एमी अवार्ड’मा

विश्व साइकल यात्री पुस्कर शाहको यात्रामा आधारीत रहेर बनेको एक मिनेटको डकुमेन्ट्री ‘५० औँ एमी अवार्ड’को पव्लिक भोटिङ्ग राउण्डमा पुगेको छ ।

असोज २ काठमाण्डौं । शान्ति फैलाउने अभियान लिएर विश्वका १५० वटा देशमा साइकल यात्रा गरेका पुस्करको डकुमेन्ट्री नेपालको प्रतिनिधित्त्व गर्दै अमेरिकामा सम्पन्न हुन गैरहेको विश्वप्रख्यात ‘एमी अवार्ड’मा पुगेको हो ।

अविनाश के छेत्रीले लेखन र निर्देशन गरेको डकुमेन्ट्रीलाई सुसान ठटालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । डकुमेन्ट्रीमा आभाष उप्रेतीको व्यागराउण्ड स्कोर रहेको छ ।

विश्वभरीबाट ३३ देशका मेकरले यो अवार्डमा भाग लिएका छन् । यहि वर्षको नोभेम्बरमा अवार्ड सेरेमोनीको आयोजना हुनेछ जसमा १२३ वटा शान्ति दर्शाउने फिल्महरु समावेश छन् ।

हरेक वर्ष ‘इन्टरनेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एण्ड साइन्स’ले विश्वभरी बनेका सिरिजहरुका लागि ‘अन्तरास्ट्रीय एमी’ अवार्डको आयोजना गर्छ । २०१७ देखि ‘एमि’ले न्युयोर्कमा रहेको ‘जेसिएस इन्टरनेसनल’ मिडिया कम्पनिसंगको सहकार्यमा ‘वान मिनेट क्रीयटिभ’ भिडियो नामक नयाँ सेगमेन्टको सुरु गर्यो । यो क्याटेगोरी विश्वभरीका युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्न र विश्वभरी शान्तिको सन्देश पुर्याउनको लागि सुरु भएको हो ।

यहि अवार्डमा पुगेको डकुमेन्ट्री ‘साइकिलिङ्ग फर पिस’लाई भोट गरेर टप ट्वान्टीसम्म पुर्याउन सकिने निर्देशक अविनासले बताएका छन् । भोटिङ्ग सेप्टेम्बर २२ सम्म खुल्ला हुनेछ । डकुमेन्ट्री हेरेर भोट गर्नका लागि यो लिंक https://bit.ly/3S8aKuM क्लिक गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *