असोज १, सिलगढी । ठुलो परिमाणमा म्याद गुज्रेका अखाद्य बस्तु शनिबार सिलगढीमा नष्ट गरिएको छ । खाद्य प्रविधि कार्यालय ,नापतौल तथा गुणस्तर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय ,स्वास्थ कार्यालय , उद्योग वाणिज्य संघ र केआईसिह गापा का कर्मचारीहरुको संयुक्त अनुगमन टोलीले केआईसिह गाउँपालिकाको वायल बजारमा ठुलो परिमाणमा अखाद्य बस्तु जफत गरेको थियो ।
![](https://www.paajalo.com/wp-content/uploads/2022/09/anugaman1.jpg)
![](https://www.paajalo.com/wp-content/uploads/2022/09/anugaman.jpg)
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठका अनुसार वायल बजारका १४ पसलमा गरिएको अनुगमनमा ७६ हजार ४ सय ७१ रुपैया बराबरको अखाद्य बस्तु शनिबार सिलगढीमा नष्ट गरिएको छ । खाद्यान्न सामाग्रीहरू, पेयपदार्थहरू, दैनिक उपभोग्य सामाग्रीहरू ठुलो मात्रामा म्याद गुज्रिएको अवस्थामा अनुगमन टोलीले बिहीबार बरामत गरेको थियो । दशै तिहारलाई लक्षित गर्दै सहरी तथा ग्रामीण क्षेत्रमा अनुगमन जारी रहने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।
प्रतिक्रिया