दिपायल- सायल गाउँपालिका वडा नं. ६ दल्लेख कि ३३ बर्षिया कमला नागरिकाे बुधबार राती चट्याङ लागेर मृत्यू भएकाे थियाे भने ७ जना घाईते भएका थिए ।
गाउँपालिका अध्यक्ष धर्म जाेशीले यथाशीघ्र कार्यपालिकावाट निर्णय गराई राहत रकम उपलब्ध गराईने बताए । आमा कमलाकाे मृत्यू भएपछि ३ महिने शिशु सहित ५ बालबालिका अलपत्र परेका छन् ।
उनीहरू समेत चट्याङ लागेर सामान्य घाईते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरूकाे जिल्ला अस्पताल डाेटीमा उपचार भईरहेकाे छ ।
३ महिने शिशु शंकर नागरि आमाकाे दूध चुस्न नपाउँदा अस्पतालमा चिच्याईरहेका छन । अस्पतालकी जनरल वार्डकी स्वास्थ्यकर्मी बिपना जाेशीले शिशुलाई ल्याक्टाेजीन अस्पतालले खुवाईरहेकाे बताईन ।
मृतक कमलाका श्रीमान लहरी राेजगारका लागि भारत छन ।
प्रतिक्रिया