(डोटी)– पछिल्लो समय राजाको माग गरिएका आन्दोलनहरुलाई संकेत गर्दै गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा केही साथिहरुबाट भइरहेको हो हल्ला काम नलाग्ने बताएका छन ।
शनिबार डोटीमा नेपाल प्रेस युनियनद्धारा आयोजीत पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्र बिरुद्ध पहिलेबाट नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनु पर्ने बताए ।
गणतन्त्रको बिकल्प राजतन्त्र नहुने तर्क गृहमन्त्री लेखकको थियो । ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ’, गृहमन्त्री लेखकले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग पाइरहेका छन् ।’
नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आइकाले राजतन्त्र फर्कने भ्रममा नपर्न सुझाव दिए । पूर्वराजालाई पार्टी खोलेर खुला छलफलमा आउन समेत चुनौती दिए । नागरिक सरह पार्टी खोल्ने, चुनावमा लड्ने अधिकार रहेको स्मरण गराए ।
प्रतिक्रिया