रोल्पा- रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ का ३६ वर्षीय जिते कुमार रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माडी गाउँपालिकामा–४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर मंगलबार राति घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो।
सडकदेखि करिब ७० मिटर तल चालक जिते मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए। उनका अनुसार टिप्परमा चालक मात्रै रहेका थिए।
प्रतिक्रिया