बाेगटानमा बोलेरो जिप दुर्घटना, दुई घाइते

दिनेश जाेशी
८ माघ २०८१ ०:४८
बाेगटानमा बोलेरो जिप दुर्घटना, दुई घाइते

(डोटी)- बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडकखण्डमा गए राति करिब ९:४५ बजे बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

दीपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो।

दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञान कुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन्।

ज्ञान कुमारी बोहराको दायाँ आँखा, टाउको र दायाँ हातमा चोट लागेको छ भने काजल मण्डलको दुबै खुट्टा र घाँटीमा चोट लागेको छ। दुबैको अवस्था मध्यम रहेको बताइएको छ।

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जाेरायल डाेटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाको कारण जिपको ब्रेक फेल भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *