डाेटी– डाेटीकाे दिपायलमा एथलेटिक्स प्रशिक्षक प्रशिक्षक तथा रेफ्रि तालिम सम्पन्न भएकाे छ ।
डाेटी जिल्ला खेलकुद विकास समिति डाेटीकाे आयाेजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदकाे सहयाेगमा आयाेजीत साे तालिम पुस ४ गतेवाट सुरू गरिएकाे थियाे ।
सुदूरपश्चिमका ९ वटै जिल्लाका १/१ जना तथा डाेटीका ९ वटै पालिकाकाे प्रतिनिधित्व गरि तालिममा २३ जनाकाे सहभागिता रहेकाे थियाे ।
बुधवार तालिमकाे समापन कार्यक्रममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे । जिल्ला खेलकुद विकास विकास समिति डाेटीका अध्यक्ष प्रकाश शाहीकाे अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का प्रमुख अतिथि रहेका थिए ।
नगर प्रमुख बाजि सिं खड्काले तालिमले खेलकुद क्षेत्रमा महत्वपुर्ण भूमिका निभाउनेमा आफू विश्वस्त रहेकाे बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश शाहीले सुदूरपश्चिममा पहिलाेपटक तालिम आयाेजना गरिएकाे बताए । तालिमले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रशिक्षक धनीराम चाैधरीले तालिम पश्चात सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हुने गरेकाे रेफ्रि एवम प्रशिक्षक अभावलाई टार्न सहयाेग पुग्ने बताए ।
प्रतिक्रिया