दार्चुला जीप दुर्घटना अपडेट

८ जनाको मृत्यु, ५ जना घाइते (सनाखतसहित)

पाँजलो न्युज
३० कार्तिक २०८१ ३:१६
८ जनाको मृत्यु, ५ जना घाइते (सनाखतसहित)

(दार्चुला)-
मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन जात्राबाट फर्कने क्रममा जीप दुर्घटनामा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्याल दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–५ लेकगाउका ३० वर्षिय बिरेन्द्र रावल, सोही ठाउका २८ वर्षिय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षिय दिलिप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षिय संजिव बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० बर्षिय मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षिय मोहमद सफिर र सोहि जिल्लाका १८ वर्षिय मोहमद बसिम रहेका छन् ।

जीप चालक मालिकार्जुन गाउपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था सिरियस रहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले बताए । उनको टाउकोमा चोट लागेको छ ।

जीपमा सवार शैल्यशिखर नगरपालिका–५ लेकगाउका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउपालिका–५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ बर्षिय प्रकाश रावलको घाईते भएका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचाई भईरहेको प्रहरीले जनाएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जीप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *