बेपत्ता भएकी बालिका परिवारलाई के.आई.सिंह सरकारले गर्‍यो नगद हस्तान्तरण

पाँजलो न्युज
१६ असोज २०८१ १०:३०
बेपत्ता भएकी बालिका परिवारलाई के.आई.सिंह सरकारले गर्‍यो नगद हस्तान्तरण
नगद हस्तान्तरण गर्दै के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही ।

डोटी– अविरल वर्षापछि के.आई.सिंह गाउँपालिका वडा नं. ४ वायल स्थित बन्नेखोलामा बेपत्ता भएकी निर्मला चन्दका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।  के.आई.सिंह गाउँपालिकाले नगद १५ हजार राहत स्वरूप हस्तान्तरण गरेको हो ।

के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बुधवार बेपत्ता भएकी बालिकाका बुवा भीम बहादुर चन्दलाई सो रकम हस्तान्तरण गरेका हुन् । वायल स्थित मामा घर बस्दै आएका बोगटान फूडसिल गाउँपालिका वडा नं. ६ गगुडा तल्लागाउँ घर भएकी निर्मला भदौ २८ गते खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सो राहत रकम गाउँपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषबाट बेपत्ता भएकी बालिकाका परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनको शव अझै फेला पर्न सकेको छैन ।

सोही दिन खोलामा बगेर घाइते भएकी करिश्मा कार्कीलाई नगद पाँच हजार तथा  केआईसिंह ७ का भाटीगाउँ तारा भाटको पहिरोले घरमा क्षति पु¥याएकाले नगद ५ हजार, केआईसिंह गाउँपालिका वडा नं. ४ की भागा देवी धामीलाई १० हजार बराबरको खाद्य सामाग्री एवम् लुगा हस्तान्तरण गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

बाढीपहिरोवाट क्षति पुर्‍याएका परिवार के.आई.सिंहमा अन्य पनि रहेकाले उनीहरूको प्रहरी मुचुल्का सहित राहत हस्तान्तरणका लागि कानुनी प्रक्रिया अघि बढाइरहेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *