‘डिसिएल-२’ क्रिकेटको तयारी पूरा

पाँजलो न्युज
१२ असोज २०८१ ८:४९
‘डिसिएल-२’ क्रिकेटको तयारी पूरा

दिपायल – यही असोज १७ गते बिहीबारदेखि दिपायलमा आयोजना हुन लागेको सर्वाधिक धनराशि पुरस्कार भएको ‘दिल्पेश्वर क्रिकेट लिग’ ( डिसिएल २) क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
आयोजक दिल्पेश्वर स्पोर्टस् क्लबका अध्यक्ष रोहित माझीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।
माझीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सबैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताए । आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको बिकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताका लागि एक महिनादेखि मैदानको व्यवस्थापन थालिएको थियो। दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको अध्यक्ष माझीले बताए ।
विभिन्न टोलीमा अनुबन्ध भएका खेलाडी दिपायल भित्रिने क्रम शुरु भएको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११, उपविजेताले ५१ हजार एक सय ११ रुपैंया पाउने छन भने, यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले पाँच हजार, ब्यस्ट बलर ब्याटसम्यानले ३ हजार पाँच सय र म्यान अफ द म्याच पाँच सय र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
उक्त प्रतियोगितामा संयोजक तेजराज मेधासी छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *