डोटीको राजपुर बजार अनुगमन, १२ जना व्यापारीलाई कारबाही

पाँजलो न्युज
१० असोज २०८१ ८:४४
डोटीको राजपुर बजार अनुगमन, १२ जना व्यापारीलाई कारबाही

असोज १० डोटी – डोटीको राजपुर बजारमा अनुगमनका अनुगमन गरिएको छ । अनुगमनको क्रममा १२ जना व्यापारीहरुलाई कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुर बजारमा गरेको बजार अनुगमनका क्रममा नियम कानुनको परिपालना नगरेका १२ जना व्यापारीहरूलाई कारबाही गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

प्रजिअ अर्यालले भने बजारहरूमा हामीले पटक पटक अनुगमन गर्नुका साथै आवश्यक सुझाव सल्लाह दिने गरेका छौ, अझै पनी कानुनको पालना नगरी मूल्य सूचि नराखेका १२ जना व्यापारीलाई जनही पाँच हजारका दरले कारबाही गरेका छौं । कारबाही पर्ने प्राय जसो फेन्सी पसल रहेका छन् ।

बजार अनुगमन अनुगमनका क्रममा व्यापारीहरूलाई करदाता शिक्षा सम्बन्धी जानकारी, स्थानीय उत्पादकत्वलाई ब्रान्ड तथा लेभलिङ गर्ने कुराहरूमा सुझाव सल्लाह दिएको समेत प्रजिअ अर्यालले बताए ।

राजपुर बजार अन्तरगत रहेका होटेल, किराना पसल, मासु पसल, तरकारी पसल, हार्डवेयर, सुनचाँदी पसल, औषधी पसल लगाएका प्राय सबै प्रकृतिका पसलहरूको अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ । बजार अनुगमनको कार्यलाई जिल्ला व्यापी रूपमा बढाउन स्थानीय तहसँग समन्वय गर्नुका साथै प्रशासनले पनि अनुगमन कार्यलाई तीव्र रूपमा अगाडी बढाउने प्रजिअ अर्यालले बताए । कारबाहीमा परेका पसलहरूले पुन कानुनको परिपालना नगरे कडा भन्दा कडा कारबाही गरिने समेत बताइएको छ । बजार अनुगमनमा प्रजिअ अर्याल फिल्डमा आफै खटिएका थिए ।

No description available.

जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा गरिएको बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय डोटी, दिपायल सिलगढी नगरपालिका, करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय र पत्रकारहरुको सहभागिता रहेको थिए ।

यो भन्दा अगाडी पिपल्ला बजार अनुगमन गर्दा २३ जना व्यापारीहरूलाई कारबाही गरिएको थियो ।

No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *