बन्दुक सहित एक जना पक्राउ

पाँजलो न्युज
६ असोज २०८१ ४:१३
बन्दुक सहित एक जना पक्राउ

(डोटी)- नेपाल प्रहरीले डोटीमा एक जनालाई बन्दुक सहित पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले पुर्वीचौकी गाउँपालिका वडा नं. ७ बगडाका ६२ वर्षीय शंकर साउँदलाई पक्राउ गरेको हो ।

उनी भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझ स्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार साउँदलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बताए ।

स्थानीयका अनुसार साउँद स्थानीय बनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *