डोटीमा संविधान दिवसको अवसरमा वृक्षारोपण

गणेश बहादुर मौनी
४ असोज २०८१ १४:३३
डोटीमा संविधान दिवसको अवसरमा वृक्षारोपण

डोटीमा संविधान तथा राष्ट्रिय दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

दिवस समारोहको तेस्रो दिन आज जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ रातुली मोडमा बाढी पहिरो गएको स्थानमा वृक्षारोपण गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

दिवस समारोह अन्तरगत डोटीमा बजार सरसफाइ, कार्यालय वरपर सरसफाइ र्याली सहित बजार परिक्रमा, जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण, जिल्ला समन्वय सभाको हलमा औपचारिक कार्यक्रम, साँझको समयमा कार्यालय परिसर र शैलेश्वरी मन्दिरमा दीप प्रज्वलन गरी दिवसलाई तिन दिन सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको समेत प्रजिअ अर्यालले बताए ।

संविधानलाई आम नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख एवं जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताए ।

संविधानको मूल मर्म र भावना अनुरूप आम सेवा प्रदायक निकायले सेवा प्रवाह गर्न आवश्यक रहेको समेत बताए । जिल्लाका विभिन्न बाढी पहिरो लगायतका साझा सवालहरूको बारेमा सरोकारवाला सबै एकीकृत भई साझा मुद्धाका रूपमा अगाडी बढ्न आवश्यक रहेको समेत समन्वय प्रमुख सिंहले बताए ।

डिभिजन बन कार्यालय डोटी र भू तथा जलाधार व्यवस्थापन कार्यालयको समन्वयमा बाढी पहिरो गएको स्थानमा अम्रिसो, नेपीयर, इपीलइपील, आँप, केरा, कागीयो लगाएका करिब दुई सय बिरुवाहरू वृक्षारोपण गरिएको डिभिजन बन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले बताए ।

वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, डोटीका प्रजिअ, राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय, जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *