सरसफाइ गरेर संविधान दिवस मनाइँदै 

पाँजलो न्युज
२ असोज २०८१ ४:५४
सरसफाइ गरेर संविधान दिवस मनाइँदै 

डोटी– संविधान दिवसको अवसर पारेर डोटीको दिपायल पिपल्ला बजार सरसफाइ गरिएको छ । नागरिकहरूको समेत सहभागी रहेको सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले संविधान दिवसको अवसरमा शुभकामना दिँदै सरसफाइ अभियानको सुरुवात गरेका हुन् ।

सरसफाइ अभियानमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
दिपायलको बेडखोलेदेखि सुरु गरिएको सरसफाइ अभियान मुख्य बजार हुँदै, बसपार्क र सेती पुलसम्म सञ्चालन गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले जानकारी दिए ।

डोटीका विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले ठुलो सङ्घर्षपछि प्राप्त नेपालको संविधानको कार्यान्वयनमा सबैले आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउँदै यस वर्ष नागरिकहरूको सहभागितामा दिवस मनाइएको जानकारी दिए । दिपायल बजारको सरसफाइका व्यापारी एवम् उद्योग वाणिज्य संघले विशेष जोड दिन सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानको कार्यान्वयनमा नागरिकहरूको संलग्नता हुनुपर्नेमा जोड दिए ।
हरेक वर्ष असोज ३ गते संविधान दिवसको अवसरमा विविध कार्यक्रम गरेर मनाइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *