जबरजस्ती करणी गर्न खोज्ने अभियुक्त ९ बर्षपछि पक्राउ

पाँजलो न्युज
३० भदौ २०८१ १०:२७
जबरजस्ती करणी गर्न खोज्ने अभियुक्त ९ बर्षपछि पक्राउ

(डोटी)–
जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत डोटीवाट दोषी ठहर गरिएका अभियुक्तलाई ९ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार बिहान दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला बस्ने ४७ बर्षिय राम बहादुर खड्कालाई पक्राउ गरेको डिएसपी भिमलाल भट्टराइले जानकारी दिए ।

खड्का दिपायल सिलगढी नगरपालिकामा सवारी चालकका रुपमा कार्यरत रहेका थिए । जिल्ला अदालत डोटीले २०७२ साउन ३० गते दोषी ठहर गर्दै ३ बर्षका लागि जेल सजाय तोकेपछि उनी फरार रहेका थिए ।

प्रहरीले आइतवार नै उनलाई जिल्ला अदालत डोटीमा पेश गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *