के.आई.सिंह गाउँपालिकाले गर्याे स्वास्थ्यकर्मि पुरस्कृत 

पाँजलो न्युज
२६ भदौ २०८१ १२:१९
के.आई.सिंह गाउँपालिकाले गर्याे स्वास्थ्यकर्मि पुरस्कृत 

(डाेटी) – के.आई.सिंह गाउँपालिकाले  उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा कर्मचारीहरूलाई पुरस्कृत गरेकाे छ ।
के.आई.सिंह गाउँपालिका स्वास्थ्य शाखाद्वारा मंगलवारवाट आयाेजीत आ.व. ०८०/०८१ काे स्वास्थ्य कार्यक्रमकाे बार्षिक समीक्षाकाे समापन समाराेहमा पुरस्कृत गरिएकाे हाे ।

गाउँपालिका अध्यक्ष लाेकेेन्द्र बहादुर शाहीले  उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा प्रथम हुने तिखातर स्वास्थ्य चाैकीलाई प्रमाणपत्र सहित पुरस्कृत  गरेका हुन् ।

अध्यक्ष शाहीले के.आई.सिंह गापा भित्रका सवै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मिहरूले मेहनतका साथ काम गरिरहेकाे प्रति खुसि व्यक्त गर्दै जिल्लामै उत्कृष्ट नतिजा ल्याउन थप मेहनत गर्नु पर्ने वताए । उनले पुरस्कृत स्वास्थ्यकर्मिहरूलाई धन्यवाद समेत व्यक्त गरे ।

दाेस्राे स्थानमा दुर्गामाण्डाैं स्वास्थ्य चाैकी र तेस्राे स्थानमा भुमिराजमाण्डाैं स्वास्थ्य चाैकी पुरस्कृत भएकाे छ ।

दाेस्राे स्थान प्राप्त गर्ने दुर्गामाण्डाै स्वास्थ्य चाैकीलाई उपाध्यक्ष मिना विष्ट तथा तेस्राे स्थान प्राप्त गर्ने भूमिराजमाण्डाैं स्वास्थ्य चाैकीलाई प्रमुख प्रशासकीय अधिकृत हिमाल डंगाेराले पुरस्कार वितरण गरेकाे स्वास्थ्य शाखा प्रमुख नवीन माझिले जानकारी दिए ।

उपाध्यक्ष मिना विष्टले आफूहरू स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि थप काम गर्न चाहिरहेकाेे वताईन् । प्रमुख प्रशासकिय अधिकृत डंगाेराले भने कार्यसम्पादन एवम् नितिनियमका आधारमा स्वास्थ्यकर्मिहरूलाई प्राेत्साहन गर्न तयार रहेकाेे प्रतिवद्वता गरे ।

डाेटी स्वास्थ्य कार्यालयकाे नेतृत्वमा गठन गरिएकाे मुल्यांकन समितिले विभिन्न २६ वटा  सूचकहरूका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरू छनाेट गरेकाे हाे । जसमा तिखात्तर स्वास्थ्य चाैकीले १०० पुर्णांकमा ७२, दुर्गामाण्डाैं स्वास्थ्य चाैकीले  ६९ , भुमिराजमाण्डाैं स्वास्थ्य चाैकीले ६७ अंक प्राप्त गरेकाे थियाे ।


त्यसै गरि गाउँपालिकाले ६ स्वास्थ्यकर्मीलाई साेही समाराेहमा पुरस्कृत गरेकाे छ । स्वास्थ्यकर्मिहरूलाई प्राेत्साहन गर्ने उदेश्यले चालू आर्थिक बर्षवाट कार्यसम्पादनका आधारमा पुरस्कृत गर्ने व्यवस्था गरिएकाे माझिले बताए ।

जनस्वास्थ्य निरिक्षकहरू मध्यवाट तिखात्तर स्वास्थ्य चाैकी ईन्चार्ज गणेश आउजी, सिनियर अहेव अधिकृत मध्यवाट दुर्गामाण्डाैं स्वास्थ्य चाैकी ईन्चार्ज भिष्मराज पाण्डे, अनमी मध्यहरूवाट भुमिराजमाण्डाैं स्वास्थ्य चाैकीकी निसा कुमारी भण्डारी, अहेव मध्यवाट वासुदेवी स्वास्थ्यचाैकीका ईन्चार्ज लालदेव सहनी, कार्यालय सहयाेगी मध्यवाट दुर्गामाण्डाैं स्वास्थ्य चाैकीका कृष्ण प्रसाद भट्ट पुरस्कृत भएका छन ।
पुरस्कृत स्वास्थ्यकर्मिहरूलाई दाेसल्ला, प्रमाणपत्र र नगद राशि सहित पुरस्कृत गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *