भाइको कोदालो प्रहारबाट दाइको मृत्यु

पाँजलो न्युज
२४ भदौ २०८१ १५:०८
भाइको कोदालो प्रहारबाट दाइको मृत्यु

 (डोटी)– डोटीमा एक जनाले सहोदर दाइको हत्या गरेका छन् । कोदालो प्रहार गरि जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइ गणेश बहादुर जोराको हत्या गरेको डिएसपी भिमलाल भट्टराइले जानकारी दिएका छन् ।

डिएसपी भट्टराइका अनुसार सोमबार नै प्रहरीले नर बहादुरलाई नियन्त्रणमा लिइसकेको छ । सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले टाउँकोमा कोदालो प्रहार गरि ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेका हुन् ।

घरायसी बिवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *