सुदूर पश्चिममा सरकार गठनका लागि नेपाली काँग्रेस र एमालेका नेताबीच छलफल

पाँजलो न्युज
२० असार २०८१ १:११
सुदूर पश्चिममा सरकार गठनका लागि नेपाली काँग्रेस र एमालेका नेताबीच छलफल

धनगढी-
नेपाली काँग्रेस र नेकपा एमालेका बीच सरकार सञ्चालनका लागि केन्द्रमा भएको सहमतीपछि सुदूरपश्चिममा पनि दुबै दलका संसदीय दलका नेताबीच मंगलवार राति महेन्द्रनगरमा छलफल भएको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच सुदूर पश्चिम प्रदेश सरकार सञ्चालनका विषयमा छलफल भएको हो । छलफलमा नेपाली काँग्रेसका संसदीय दलका सदस्य तथा पूर्व भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश बहादुर देउवा समेत सहभागी थिए ।

सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रकृया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसंग छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताए ।

उनले छलफल अत्यन्त सौहाद्र्धपूर्ण र सकारात्मक भएको बताए ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमती अनुसार प्रदेशमा पनि दुबै पार्टीको साझेदारीमा सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।

उनले केन्द्रमा दुई दलका शिर्षनेताहरुबीच भएको सहमती अनुसार प्रदेशमा सरकार गठन प्रकृया शुरु गर्ने जानकारी दिए ।

सुदूर पश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारले नेतृत्व गरिरहेको छ ।

केन्द्रमा दुई दलबीच भएको सहमती अनुसार सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *