डोटीमा कृर्षि क्षेत्रको प्रवर्द्धनका लागि बृहत् छलफल

गणेश मौनी
३१ वैशाख २०८१ ०:५५
डोटीमा कृर्षि क्षेत्रको प्रवर्द्धनका लागि बृहत् छलफल

(डोटी)- जिल्लामा कृर्षि क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार बिच बृहत् छलफल गरिएको छ ।

कृर्षि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र डोटीले आइतबार सिलगढीमा आयोजना गरेको जिल्ला स्तरीय समन्वय बैठकमा कृर्षि क्षेत्रको विकास र प्रवर्द्धनका बारेमा बृहत् रूपमा छलफल गरिएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

डोटी जिल्लाका स्थानीय तहका प्रमुख, उप प्रमुखहरूको सहभागिता रहेको समन्वय बैठकमा डोटी जिल्लाको कृर्षि क्षेत्रको अवस्था, सम्भावना, चुनौती, रणनीतिक योजना र स्थानीय तहले गर्ने सकिने कार्यहरूको बारेमा छलफल गरिएको समेत प्रमुख अवस्थीले बताए ।

आर्थिक वर्ष ०८१।०२ का लागि स्थानीय तहबाट प्रदेश सरकारका लागि कृर्षि र पशुपालनको क्षेत्रमा सम्भावित योजनाहरू पठाउने विषयमा समेत छलफल भएको प्रमुख अवस्थीले बताए । डोटी जिल्लाका प्रत्येक स्थानीय तहबाट ३ वटा कृर्षि र ३ वटा पशुपालनका क्षेत्रका योजनाहरू पठाउने रणनीति अनुसार स्थानीय तहबाट रैथाने बाली संरक्षण, तरकारी खेती, कफी खेती बिस्तार, बाख्रा पालन, बङ्गुर पालन, लोकल कुखुरा पालन जस्ता योजनाहरू माग भई आएका समेत बताए ।

डोटी जिल्ला कृर्षि र पशुपालनको लागि उच्च सम्भावित स्थान भएकोले यसको प्रवर्द्धनको लागि सबैको ध्यान जान आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए ।

कार्यक्रममा अन्य सहभागीहरूले डोटी जिल्लाको कृर्षि क्षेत्रको प्रवर्द्धन र विकासको लागि गर्नुपर्ने कार्यका साथै आ आफ्ना घारणाहरु समेत राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख जिल्लाका सरोकारवाल निकाय, पत्रकार, नागरिक समाज लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *