के.आई.सिंह गाउँपालिकाले गर्यो पावर टेलर हस्तान्तरण

पाँजलो न्युज
२८ चैत २०८० ११:२५
के.आई.सिंह गाउँपालिकाले गर्यो पावर टेलर हस्तान्तरण

(डोटी)– आधुनीक कृषी प्रणाली अपनाउन चाहने कृषकहरुलाई के.आई.सिंह गाउँपालिकाले मिनि पावर टेलर हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा पालिकाले ९ कृषक तथा २ वटा समुहका लागि ११ वटा पावर टेलर हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले व्यावसायिक रुपमा खेती किसान गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्न उपकरणहरु उपलब्ध गराएको बताए । गाउँपालिका अध्यक्ष शाही र उपाध्यक्ष मिना देवी बिष्टले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पावर टेलर किसानहरुलाइ हस्तान्तरण गरेका थिए ।

पावर टेलर पाएपछि के.आई.सिंह गाउँपालिका वडा नं. ३ का बहादुर बडैलाले खेतबारी जोत्न सहज हुने बताए । ‘गोरुले खेत जोत्न असाध्यै मेहनत गर्नुपथ्र्यो,’बडैलाले खुसी व्यक्त गर्दै भने, ‘अव खेतबारीमा एक्लैले खनजोत गर्न सजिलो हुने आशा छ ।’

के.आई.सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख यज्ञ रावलले ७ हर्सपावरको मिनि पावर टेलर बुधबार नौ जनालाई हस्तान्तरण गरिको जानकारी दिए । बाँकी २ अर्को दिन हस्तान्तरण गर्ने योजना छ । रावलका अनुसार एउटा पावर टिलरको ७५ हजार मुल्य परेको छ जसमा ५० प्रतिशत पालिका तथा ५० प्रतिशत कृषकहरुको लगानी रहेको छ ।

पावर टेलर पाउनेमा वडा नं. २ का झकेन्द्र बम, वडा नं. २ का योगेन्द्र माझि, वडा नं. ३ का बहादुर बडैला, चक्र बहादुर कुँवर, वडा नं. ४ का कृष्ण बहादुर कुँवर, झिमे मालिका मावि, गणेश कार्की, वडा नं. ५ का धन बहादुर राणा, वडा नं. ६ राम बहादुर बलायर, वडा नं. ७ को चौड कृषक समुह रहेका छन् ।

अनुदानका लागि आवेदन माग गरेका ११ वटै व्यक्ति तथा समुह छनोटमा परेको गाउँपालिकाले जानकारी दिएको छ । के.आई.सिंह गाउँपालिकाले चालु आर्थिक बर्षमा ७५ प्रतिशतमा धानको बिउ , ५० प्रतिशत आलु तथा शतप्रतिशत अदुवाको बिउँमा अनुदान दिएर बितरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *