के.आई.सिंह र शिखर जाेड्ने झाेलुंगे पुलकाे उद्घाटन

पाँजलो न्युज
१३ चैत २०८० ९:०८
के.आई.सिंह र शिखर जाेड्ने झाेलुंगे पुलकाे उद्घाटन

(डाेटी)- केआईसिंह गाउँपालिका वडा नम्बर ७ मा मंगलबार एक कार्यक्रमका बिच झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । केआईसिंह गाउँपालिका वडा नम्बर ७ र शिखर नगरपालिका वडा नम्बर १ जोड्ने उक्त पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गर्नु भएको छ ।
सलेनिगाडमा रहेको पुलको लम्बाई एक सय १८ मिटर रहेको वडा अध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनु भयो । जम्मा रकम रु. ६३ लाख ३७ हजार आठ सय १७ लागतमा सम्पन्न भएको कार्की सेरा दुनुरे झोलुङ्गे पुल निर्माण आयोजनामा केआईसिंह गाउँपालिका, केदार ग्रामिण विकास समाज नेपाल, हेल्बटास लगायतको प्राविधिक तथा आर्थिक सहयोग रहेको बताइएको छ ।
निवर्तमान वडाध्यक्ष हर्क बहादुर विष्टकाे कार्यकालमा सिलान्यास भई दिल बहादुर बलायरकाे कार्यकालमा निर्माण सम्पन्न भएकाे हाे ।
पुलको उद्घाटन गर्दै पालिकाका अध्यक्ष शाहीले पुलले स्थानीयबासीहरुलाई आवतजावत गर्न सहज हुने र सबैको सहयोगमा विकास निर्माण कार्य सम्भव रहेकाले हातेमालोबाट अगाडि बढ्न सकिने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *