मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

सरिता कठायत
१० चैत २०८० १३:५९
मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

 

सरिता कठायत

डोटी : डोटी मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा आवद्ध रहेको यो संस्थाले शनिबार दिपायलको घटाल होटलमा मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय समुहगाढ शाखाको आयोजनामा बिबिध कार्यक्रमका बिच कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले महिलाले पनि आर्थिक रूपमा सक्षम हुन जरुरी रहेको बताइन् । पुरूषको भरमा मात्रै होइनन् इमानदारीपूर्वक महिलाहरूले पनि आर्थिक पाटोमा लागेर अहिलेको युगमा पैसा बचत गर्ने बानीको बिकास हुनुपर्ने जोराको भनाइ रहेको छ । ग्रामीण भेगमा बैंकको पहुँच नपुगेको ठाउँमा बैंकिङ पहुँच पुर्‍याएर बचत गर्ने बानिको बिकास सँगै आत्मनिर्भर भएर केही काम गरौं भन्ने सोच भएका र आर्थिक समस्या भएका हरूलाई बिना धितोमा कर्जा प्रवाह गर्ने संस्थामा आवद्ध रहेका सदस्यहरुलाइ बित्तिय सम्बन्धि ज्ञान ,कर्जा सदुपयोग, सदस्यहरूलाई उत्प्रेरित साथै ब्यक्तित्व र नेतृत्व बिकास होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय शाखा समुहगाडका प्रबन्धक जगत राज अधिकारीले बताए । उनले यस संस्थामा दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका १ हजार ४ सय १३ जना बढी सदस्यहौ रहेको प्रबन्धक अधिकारीले जानकारी गराए । सदस्यहरूलाई बित्तिय ज्ञान,कर्जा सदुपयोग,बचत गर्दा आम मानिसहरूलाई धेरै कुरामा फाइदा हुने केन्द्रीय कार्यालयका बरिस्ठ अधिकृत ईश्वर आचार्यले सहभागी सदस्यहरूलाई जानकार गराएका थिए । संस्थाले समुहमा प्रदान गर्ने सुविधामा बचत कर्जा बिमा, सस्थाको ग्राहक सरक्षण कोष मार्फत सुत्केरी स्याहर खर्च कृया खर्च चोटपटक लागेको लाई उपचार खर्च, घर परियोजना मा प्राकृतिक प्रकोप को कारण क्षती भयमा क्षतिपुर्ती खर्च समेत दिने गरेको छ । । कार्यक्रममा शाखा प्रबन्धक सभापति,शिखर नगरपालिकाका उप प्रमुख प्रमुख अतिथि,केन्द्रीय कार्यालयका बरिस्ठ अधिकृत बिशिस्ट अतिथि,लगायत उद्योग बाणिज्य संघ डोटीका प्रतिनिधि इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार महासंघ प्रतिनिधि र संस्थाका कर्मचारीहरू साथै संस्थामा आवद्ध दिपायल सिलगढी नगरपार शिखर नगरपालिकाका सदस्यहरू गरि जम्मा ९० जनाको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *