१५ घण्टापछि के.आई.सिंह राजमार्ग खुल्यो

पाँजलो न्युज
२५ फागुन २०८० ४:०७
१५ घण्टापछि के.आई.सिंह राजमार्ग खुल्यो
फाइल फोटो

डोटी– १५ घण्टापछि अवरुद्ध रडुवा सडकखण्ड खुलेको छ । बिहीबार साँझ ७ बजे खसेको सुख्खा पहिरोले डडेल्धुरा–डोटी आउने डा. के.आई.सिंह राजमार्ग अवरुद्ध रहेको थियो ।
पहिरो हटाउन बिहीबार साँझबाट नै प्रयासरत भएपनि पहिरो निरन्तर खसिरहेकाले १५ घण्टापछि राजमार्ग खुलेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले शुक्रबार बिहान साढे ९ बजे सुख्खा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग खुला भएको बताए । उनले रडुवा क्षेत्रमा जनशक्ति र उपकरण तयारी अवस्था राखिएको जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध भएपछि डोटी, अछाम, बाजुरा तथा डडेल्धुरा आउने यात्रुहरु अलपत्र परेका थिए । केही बर्षअघि बाढीपहिरोले रडुवामा राजमार्ग भासिदा सडक विभागले सो क्षेत्रमा निर्माण तथा मर्मत गर्दै आएको थियो । यद्यपी सो क्षेत्रमा सुख्खा पहिरो खस्ने गरिरहेकाले दिर्घकालिन समस्या समाधान कसरी गर्ने भन्ने टाउको दुखाइ भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *