नारी दिवसमा नारीलाई अटो रिक्सा हस्तान्तरण

पाँजलो न्युज
२४ फागुन २०८० १५:५०
नारी दिवसमा नारीलाई अटो रिक्सा हस्तान्तरण

दिपायल – शिखर नगरपालिकाले स्थानीय महिलालाई अटो रिक्सा हस्तान्तरण गरेको छ । ११४औं नारी दिवसको अवसर पारेर शिखर नगरपालिका – १० की बिष्ना कामीलाई अटो रिक्सा हस्तान्तरण गरेको हो ।

कमजोर आर्थिक अवस्था भाएकी महिलालाई आत्मनिर्भर बनाउन अटो रिक्सा चलाउने तालिम सहित रिक्सा हस्तान्तरण गरिएको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।

शिखर नगरपालिका, सम विकास केन्द्र र एक्सन एडको संयोक्त लगानीमा अटो खरिद गरेर हस्तान्तरण गरिएको हो । एकल तथा सिमान्तकृत महिलाको आर्थिक सशक्तिकरणमा सहयोग गर्ने उद्देश्यले अटो रिक्सा हस्तान्तरण गरिएको सम बिकास केन्द्र डोटीका कार्यकारी निर्देशक महेश त्रिखत्रीले बताए ।

शिखर नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न खाले सिपमुलक तालिमहरु सञ्चालन गर्नुका साथै अनुदान उपलब्ध गराउँदै आएको बताइन्। सिपमुलक तालिम लिएका महिलाहरुले सीप अनुसारको उद्धम गर्न चाहेमा नगर सरकार सहयोग गर्न तयार रहेको बताइन् ।

विष्ना कामीले अटो चलाउने सिपसँगै पूर्ण अनुदानमा अटोरिक्सा उपलब्ध गराएकोमा नगरपालिका र सम विकास केन्द्रलाई धन्न्यबाद ज्ञापन गरिन् । उनले आत्मनिर्भर बन्न चाहने महिलाहरुका लागि सहयोग गर्ने थुप्रै संघ संस्था र स्थानीय सरकार भएकाले महिलाहरुलाई अग्रसर बन्न अनुरोध गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *