मेयर खड्काले गरे एकल महिलालाई अटोरिक्सा हस्तान्तरण

मोहन शाही
२३ फागुन २०८० १०:२४
मेयर खड्काले गरे एकल महिलालाई अटोरिक्सा हस्तान्तरण
एकल महिला भागादेवी नेपालीलाई अटोरिक्साको चावी हस्तान्तरण गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिं खड्का

(डोटी)– दिपायल सिलगढी नगरपालिका वडा नं. ४ की एकल महिलालाई अटोरिक्सा हस्तान्तरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिं खड्काले एक औपचारिक कार्यक्रमका बिच एकल महिला धनसरादेवी नेपालीलाई अटोरिक्सा बुधबार हस्तान्तरण गरेका हुन् ।

६ लाख मुल्यबराबरको अटोरिक्सा पाउँदा हर्षविभोर भएकी धनसरादेवीले अटोरिक्सा पुरुषले मात्र नभइ महिलाले पनि चलाउन सक्ने आत्मबल प्रदान दिइएकोमा खुसी व्यक्त गरिन । केही बर्ष यताबाट दिपायल र शिखर क्षेत्रमा अटोरिक्साको व्यावसाय फस्टाउदो छ । अटोरिक्सा चालक डोटीमा पुरुष अधिक छन् ।

दिपायल सिलगढी नगरपालिकाको २ लाख तथा सम विकास केन्द्र (इडिसी) र एक्सन एड नेपालले ४ लाख लगानी गरी अटोरिक्सा हस्तान्तरण गरेका हुन् । बिहीबार शिखर नगरपालिकामा पनि थप अर्को अटोरिक्सा शिखर नगरपालिकासंगको सहकार्यमा हस्तान्तरण गर्ने योजना रहेको सम विकास केन्द्र इडिसीका अध्यक्ष केशव परियारले बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का र सम विकास केन्द्रका अध्यक्ष केशव बहादुर परियार एकल महिला धनसरादेवी नेपालीको अटोमा चढ्दै ।

१३ बर्षअघि श्रीमान गुमाउँदा धनसरादेवी नेपाली ज्यालामजदुरी गरेर चार सन्तानको पालन पोषण गर्दै आएकी थिइन् । न्यून ज्यालामजदुरी र कामको अभावमा जीवन गुजार्न नै संघर्ष भइरहेका बेला सवारी चालकको तालिम देखि अटोरिक्सा नै प्रदान गरेकोमा धनसरादेवीले खुसी व्यक्त गरिन ।

माइतमा आएर ४ सन्तान र जन्मदिने आमाको स्याहार गर्दै धनसरादेवीले ६ लाख मुल्य बराबरको अटोरिक्साबाट प्राप्त आम्दानीले जीवनशैली नै फेरिने योजना सुनाइन् । सम विकास केन्द्रले भागादेवी सहित ७ जना महिलालाई अटोरिक्सा सवारी चालक अनुमतीका लागि एक महिने तालिम समेत संचालन गरेको जनाएको छ ।

नगर प्रमुख बाजी सिं खड्काले अटोरिक्साले भागादेवीलाई मात्र प्रेरणा नभइ अन्य महिलाहरुका लागि समेत सन्देश रहेको सुनाए । महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिन नगरपालिका र इडिसीले अटोरिक्सामा लगानी गरेको बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *