के.आई.सिंहमा आरन व्यावसाय तालिम सुरु

पाँजलो न्युज
८ फागुन २०८० १६:०४
के.आई.सिंहमा आरन व्यावसाय तालिम सुरु

डोटी– के.आई.सिह गाउँपालिकामा ७ दिने आरन व्यवासाय सम्बन्धि तालिम मंगलबारबाट सुरु भएको छ।
सामाजिक विकास कार्यालय डोटीले जिल्लाका २५ जना सहभागिका लागि ७ दिने तालिम सुरु गरेको हो । मंगलबार तालिमको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा के.आई.सिंह गाउँपालिका वडा नं. ४ का जय बहादुर धामी रहनेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी धामीले विपन्न र वेरोजगार यूवाहरुका लागि परम्परागत पेशालाई व्यावसायिक बनाउन सहयोग हुने अपेक्षा राखेको बताए । उनले तालिमको आयोजना आफ्नो वडामा संचालन गरिदिएकोमा खुसी व्यक्त समेत गरे ।
सामाजिक विकास कार्यालयका प्रमुख जय बहादुर धामीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथी ईन्जिनियर निरज उपाध्याय, वीर बहादुर बिष्ट तथा के. आई.सिंह गाउँपालिकाका फिल्ड सहायक तोयनाथ भट्ट रहेका थिए ।
तालिममा प्रशिक्षण भने विश्वकर्मा आरन उधोगका संचालक राम बिकले प्रशिक्षण गर्ने बताइएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण तेज डुम्रेलले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *