बन्ध्याकरण गर्नेलाई निशुल्क खाना, लुगा र यातायातको व्यवस्था

पाँजलो न्युज
७ फागुन २०८० १४:५४
बन्ध्याकरण गर्नेलाई निशुल्क खाना, लुगा र यातायातको व्यवस्था

(डोटी)– स्थाइ बन्ध्याकरण गर्नेलाई केआईसिंह गाउँपालिकाले निशुल्क खाना, न्यानो लुगा तथा एम्बुलेन्स सेवा उपलब्ध गराएर प्रोत्साहन गरेको छ । सोमबार दुर्गामाण्डौ स्वास्थ्य चौकीमा सम्पन्न परिवार नियोजन सम्बन्धी शिविरमा १८ जनाले स्थाइ बन्ध्याकरण गरेका थिए ।

स्वास्थ्य कार्यालय डोटीको आयोजना तथा नेपाल परिवार नियोजन संघ कैलालीको सहकार्य तथा केआईसिंह गाउँपालिकाको समन्वयमा आइतबारदेखि जिल्लाका विभिन्न स्थानहरुमा परिवार नियोजन सम्बन्धी विभिन्न स्थाइ बन्ध्याकरणको शिविर चलाइएको छ ।

सोमबार के.आई.सिंह गाउँपालिकामा सम्पन्न वन्ध्याकरण शिविरमा ७ जनाले मिनिल्याप, ३ जनाले भ्यासेक्टोमी, ४ जनाले आई.यु.सि.डी तथा ४ जनाले ईम्प्लान्ट लगाएको जिल्ल स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

आइतबार बोगटान फूडसिल गाउँपालिकाको चवराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको प्रमुख मलासीले बताए ।
अशिक्षा र जनचेतनाको अभावले स्थाइ बन्ध्याकरण गर्ने संख्या न्यून रहेकाले गाउँपालिकाकाले प्रोत्साहनका लागि यातायात, खाना र न्यानो लुगाको प्रबन्ध गरेको स्वास्थ्य शाखा प्रमुख नविन माझीले बताए । उनले बन्ध्याकरण गर्नेलाई दुइ छाक खाना तथा खाजा र न्यानो लुगाको रुपमा कम्बल हस्तान्तरण गर्नुका साथै बन्ध्याकरण गरेकालाई घरसम्मै पालिकाको एम्बुलेन्समा पु¥याइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *