दिल्पेश्वर भलिबल लिगको उपाधि आयोजकलाई

पाँजलो न्युज
५ फागुन २०८० १२:५४
दिल्पेश्वर भलिबल लिगको उपाधि आयोजकलाई

डोटी– दिल्पेश्वर भलिवल लिगको उपाधि आयोजक दिल्पेश्वर स्पोर्टस् क्लबले हात पारेको छ । शनिवार दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा शिखर नगरपालिकालाई हराउँदै दिल्पेश्वर स्पोर्ट्स क्लबले उपाधि चुमेको हो । उपाधिसँगै क्लबले रू १ लाख ११ हजार रुपैयाँ नगद हात पारेको छ ।

उप विजेता शिखर नगरपालिकाको टिमले ५० हजार नगद र तृतीय स्थान प्राप्त गरेको नेपाली सेनाको श्री नं. ५ बाहिनी अड्डा राजपुरले २५ हजार हात पारेको छ । दर्शकहरूले खचाखच भरिएको दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा सुरूको सेट शिखरले २५ /१६ प्वाइन्टको फराकिलो अन्तरले जित सुरुवात गरेको थियो । तर त्यस पछिका तीन सेटमा लगातार आयोजकले २५/११, २५/२३,२५/१७ को अन्तरमा शिखरलाई पराजय गर्दै उपाधि जितेको थियो ।

माघ २९ गतेदेखि सुरु प्रतियोगितामा १५ टिम सहभागी रहेका थिए । दिपायल सिलगढी नगरपालिकाले दिल्पेश्वर मठको गुठी जमिन भाडामा लिएर गत आर्थिक वर्ष खेल मैदान निर्माण गरेपछि आफूहरू भलिबल प्रतियोगिता आयोजना गर्न सफल भएको क्लबका अध्यक्ष रोहित माझीले बताए । यस अघि सो क्लबले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता समेत आयोजना गरेको थियो ।

क्लबका अध्यक्ष माझीले भलिबल लिगलाई निरन्तरता दिने बताउँदै पुरस्कार राशि बढाउने प्रतिवद्धता समेत गरेका छन् । क्लबले फाइनल खेल हुुनपूर्व विभिन्न सांस्कृतिक एवम् सांस्कृतिक प्रस्तुती गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *