खप्तड राष्ट्रिय निकुञ्जले विश्व सिमसार दिवस मनायो

गणेश मौनी
२० माघ २०८० १४:३९
खप्तड राष्ट्रिय निकुञ्जले विश्व सिमसार दिवस मनायो
डोटी, खप्तड राष्ट्रिय निकुञ्ज बाजुराले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व सिमसार दिवस मनाएको छ ।
हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसार: मानव हितको आधार’ नाराका साथ निकुञ्जले झिग्राना सेक्टर कार्यालय झिग्राना डोटीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको खप्तड राष्ट्रिय निकुञ्जका रेन्जर ज्ञानेन्द्र बहादुर शाहले बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपालमा सिमसारको, अवस्था, महत्त्व, आवश्यकता लगायतका विविध विषय बस्तुमा छलफल गरिएको समेत रेन्जर शाहले बताए ।
अन्तरक्रिया कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, नेपाली सेना सिंह शार्दूल गुल्मका प्रतिनिधि, खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *