बँदेलकाे आक्रमणबाट महिलाकाे मृत्यू , एक घाईते

पाँजलो न्युज
२ माघ २०८० ८:५८

सिलगढी – बँदेलकाे आक्रमणवाट के.आई.सिंह गाउँपालिका वडा नम्बर १ पुडेखातीकी ३५ बर्सिया जगुली देवी भूलको मृत्यू भएको छ ।

मंगलबार बिहान खेतमा घाँस काटीरहेका बेला जङ्गली बँदेलको आक्रमणबाट घाइते भएकी जगुली देवीको उपचारका क्रममा जिल्ला अस्पताल डाेटीमा ज्यान गएको वडाध्यक्ष कृष्ण बमले बताए ।

उनका ७२ बर्षिय माईला ससुरा भगि भुल पनि आक्रमणमा परि घाईते भएका छन् । घाईते भगी भूलकाे जिल्ला अस्पताल डाेटीमा उपचार भईरहेकाेे छ ।

घाइते भएकी जगुलीको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा दिउँसो साढे १२ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए ।

पछिल्ला समय जंगली बदेलकाे बिगबिगिले किसानहरू पिडित रहेकाेे स्थानिय बिष्णु कुमार शाहीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *