सुदूरपश्चिमकै नमुना विद्यालय बनाउँछु– वडाध्यक्ष बोगटी

पाँजलो न्युज
१३ पुष २०८० ३:२२
सुदूरपश्चिमकै नमुना विद्यालय बनाउँछु– वडाध्यक्ष बोगटी

डोटी– अनुशासन र गुणस्तरीय शिक्षाका लागि जिल्लाकै उत्कृष्ट विद्यालयहरुमध्य पर्ने कपल्लेकी माबिलाई प्रदेशकै नमुना विद्यालय बनाउने वडाध्यक्ष दिपक बोगटीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका भौत्तिक पूर्वाधार विकास मन्त्री प्रकाश देउबा नव निर्मित भवनको उद्घाटनका लागि केदारेश्वर माविमा पुगेका बेला वडाध्यक्ष बोगटीले मन्त्रीसामु सो कुरा बताएका हुन् । ‘अहिलेपनि हाम्रो विद्यालयमा ९ वटै पालिका र अन्य जिल्लाबाट पढ्न विद्यार्थीहरुको ओइरो लाग्छ’, वडाध्यक्ष बोगटीले भने, ‘सिमित स्रोतसाधन र जनशक्ति अभावले बार्षिक रुपमा २ सय विद्यार्थीहरुलाई भर्ना गर्न नसकेर फिर्ता पठाइरहेका छौं ।’

बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि शैक्षिक हबका रुपमा केदारेश्वर माबिलाई बनाउने प्रण वडाध्यक्ष बोगटीले गरे । पाँजलो अनलाइनसंगको कुराकानीमा वडाध्यक्ष बोगटीले स्रोतसाधन अभावले बाहिरबाट आउने विद्यार्थीहरुलाई भर्ना लिन नसकिएपनि आगामी दिनहरुमा भौत्तिक संरचना र जनशक्ति बढाएर ९ जिल्लाबाटै विद्यार्थी आउने बाताबरण तयार गर्ने बताए ।

प्रधानाध्यापक गगन सिं कार्कीको कुशल नेतृत्वले पुरै वडाबासीलाइ गौरब गर्न लायक बिद्यालय बनेकोमा खुसी व्यक्त गर्दै वडाध्यक्ष बोगटीले विद्यालय परिवारको अथक मेहनत, संघर्ष तथा अभिभावकहरुको सहयोगले चाँडै नै प्रदेश कै नमुना विद्यालयका रुपमा जनतालाई देखाउने बताए ।

छात्राबास समेत रहेको सो विद्यालयलाई नमुना विद्यालयका रुपमा परिणत गर्न अध्याधुनीक छात्राबास समेत निर्माण गरिरहेको वडाध्यक्ष बोगटी बताउँछन् । बिज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याब, पुस्तकालय, व्यवस्थित कक्षाकोठाको प्रबन्ध गरेर गुणस्तरीय शिक्षामा जोड दिने पाँजलो अनलाइनलाई बोगटीले जानकारी दिए ।

अहिले कपल्लेकीमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । ६ देखि १० सम्म अध्ययन अंग्रेजीमाध्यमबाट पढाइ हुने सो विद्यालयले बर्षेनी एसइइको परिक्षामा उत्कृष्ट नतिजा ल्याइरहेको छ ।

करिब २ सय विद्यार्थी अट्ने छात्राबास निर्माणका लागि अध्याधुनीक छात्राबास निर्माण कार्य सुरु गर्ने तयारीमा रहेको छ । यसै आर्थिक बर्षबाट काम सुरु हुने गरी १० कोठे फाउण्डेसनका लागि ५० लाख बजेट बिनियोजीत भइ ठेक्का लगाइसकिएको छ । छात्राबासका लागि क्रमागत बजेट आउने जानकारी दिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *