पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ डाेटीकाे अध्यक्षमा शाही

पाँजलो न्युज
१० पुष २०८० १५:४८
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ डाेटीकाे अध्यक्षमा शाही

(डाेटी)-नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ डाेटी शाखाकाे अध्यक्षमा खडक बिक्रम शाही निर्वाचित भएका छन् । जगत पुस्तक तथा स्टेशनरी सप्लायर्सका संचालक शाही लामाे समय देखि दिपायल पिपल्लामा व्यापार गर्दै आएका छन् । शाही सामुदायिक रेडियाे त्रिवेणी मिडिया नेटवर्कका काेषाध्यक्ष समेत हुन् ।
मंगलबार सम्पन्न साधारण सभाले शाहीकाे अध्यक्षतामा निर्विराेध नयाँ कार्यसमिति चयन गरेकाेे हाे । साे समितिकाे उपाध्यक्षमा शंकर बहादुर कठायत, सचिवमा नवराज भण्डारी, काेषाध्यक्षमा सर्वजीत देउवा तथा सदस्यहरूमा परमानन्द जाेशी, शेर बहादुर बाेगटी, डबल साउँद, कृष्णा अवस्थि, हेमा कुमारी भण्डारी रहेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य बासुदेव गाैतमकाे प्रमुख आतिथ्यतामा साधारण सम्पन्न भएकाे थियाे । साेही साधारण सभाले सल्लाहकार, प्रदेश तथा केन्द्रीय प्रतिनिधी समेत मंगलबार चयन गरेकाेे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *