डाेटीमा महिनाकाे १० र २५ गते बजार बन्द गर्नेे निर्णय

पाँजलो न्युज
९ पुष २०८० ८:५३
डाेटीमा महिनाकाे १० र २५ गते बजार बन्द गर्नेे निर्णय

(डाेटी )- प्रत्येक महिनाकाे १० र २५ गते व्यापार व्यवसाय डाेटीमा बन्द हुने भएका छन् ।
साेमबार डाेटी उधाेग बाणिज्य संघकाे आव्हानमा डाकिएकाे व्यापारीहरूकाे आम भेलाले बजार बन्द गर्न दबाव दिएकाे थियाे । डाेटी उधाेग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले आम व्यापारी दाजुभाई बजार बन्दका लागि एकमत भएपछि आउँदाे २५ गतेबाट पूर्ण कार्यान्वयन हुने गरि संघले निर्णय गरेकाे बताए । पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनाेरञ्जनकाे आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गरिएकाे हाे ।


संघले हाेटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसल जस्ता अत्यावश्यक पसलहरूबाहेक सबै बन्द गरिने निर्णय गरेकाे छ ।
साे निर्णयकाे कार्यान्वयन नगर्ने व्यापारीलाई दण्ड जरिवाना ताेक्नु पर्नेमा व्यापारीहरूले सहमति दिएका छन् । `कसैले लुकेर बेच्ने कसैले पुरै बन्द हुनु भएन´, व्यापारी तप्तराज भट्टले भने ,` ठुला व्यापारीहरूले मनाेमानी गरेका छन् , अब उप्रान्त अटेरी गर्नेेलाई दण्ड जरिवाना गर्नु पर्छ ।´
उधाेग बाणिज्य संघले पसल खाेल्ने व्यापारीलाई दुई हजार पाँच सय जरिवाना ताेक्ने निर्णयसमेत गरेकाे छ । साथै व्यापारी नर बहादुर खड्काकाे संयाेजकत्वमा ९ सदस्यीय अनुगमन समिति समेत गठन भएकाे संघका वरिष्ठ उपाध्यक्ष प्रेम भण्डारीले बताए ।


उधाेग बाणिज्य संघका अध्यक्ष विक्रम साउँदले बजारमा सडक बत्ति, सिसिटिभि क्यामरा, गाडी पार्किङ , बजार सरसफाई, खानेपानी धारा जडान तथा शाैचालय निर्माणका लागि सराेकारवालासंग समन्वय गर्ने बताए ।
भेलामा व्यापारीहरूले आर्थिक मन्दिका कारण व्यापारीहरू मारमा पर्दै गएकाले स्थानियस्तरमा आर्थिक गतिविधी बढ्ने खालका क्रियाकलाप संचालन गर्न संघलाई माग राखेका थिए । संघका पुर्व अध्यक्ष बिरेन्द्र शाहले बजार वन्दकाे परिपाटी आफ्नाे कार्यकालमा भएपनि पछिल्लाे समय विविध कारणले कार्यान्वयनमा नआएकाे बताए । उनले बजार बन्द संगै अन्य काम तर्फपनि व्यापारीहरूकाे साथ सहयाेग लिएर अघि बढ्नु पर्ने औल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *