डोटीमा घरपालुवा कुकुरमा रेबिज पुष्टी

पाँजलो न्युज
७ पुष २०८० १५:२३
डोटीमा घरपालुवा कुकुरमा रेबिज पुष्टी

दिपायल– डोटीमा एक घरपालुवा कुकुरमा रेबिज पुष्टी भएको छ । दिपायल सिलगढी नगरपालिका ४ राजपुरमा पालिएको घरपालुवा कुुकुरमा रेबिज पुष्टि भएको हो । गत बिहीबार घरपालुवा कुकरको मृत्यू भएपछि पशु रोग अन्वेषण प्रयोगशाला, धनगढिमा रेबिज एजी आरडीटी परिक्षण गर्दा रेबिज पोजिटिभ देखिएका थियो ।

सेती प्राविधिक शिक्षालयका डा.खेम राज उपाध्याय, पशु प्राविधिक सरोज साउँद, खगेन्द्र छन्त्याल लगायतको टोलीद्वारा शैलेश्वरी अस्पताल संचालआइजंङ्ग कुंवरको सहयोगमा मस्तिष्क नमुना संकलन गरी पशु रोग अन्वेषण प्रयोगशाला, धनगढिमा पठाउदा रेबिज पोजिटिभ पुष्टी भएको कार्यालय प्रमुख डा.नरेश प्रसाद जोशीले जानकारी दिए ।


डा. जोशीले दिपायल–राजपुर क्षेत्रका बासिन्दाले सचेत रहनुपर्ने बताएका छन् । करिब सात दिन अगाडी घरमै बाधेर राखेको अवस्थामा बौलाहा छाडा कुकुरको टोकाई पश्चात खाना नखाने , झस्किने, टोक्न खोज्ने, निर्जीव बस्तु टोक्ने जस्ता लक्षण देखिए पछि नजिकै रहेको सेती प्राविधीक शिक्षालयको भेटेरिनरी क्लिनिक एण्ड टिचिंङ्ग सेन्टरमा लैजाँदा उक्त कुकुरमा पनि रेबिज पुष्टी भएको थियो ।

एक महिना अघि पनि सडक कुकुरमा समेत रेबिज रोग रहेको पुष्टी भएकाले स्थानीय बासिन्दा सचेत हुनु पर्ने चिकित्सकहरुले बताएका छन् । रेबिज एक प्राणघातक रोग हो । रोग लागे पछि उपचार नभएको हुँदा वर्षेनी औसत १०० जनाको ज्यान गइरहेको छ । अनुसन्धान गरेपछि मात्र पुष्टि हुने रेबिज एक प्राणघातक रोग हो । गत बर्ष कैलाली, कंचनपुरमा संकलन गरिएको तथ्यांकमा ८० भन्दा बढीमा रेबिज देखिएको थियो ।


यस जोखिमयुक्त रोग पत्ता लगाउन सरोकारवालाहरुले उत्प्रेरणा, प्राविधिकहरूको सक्रियता एवम् किसानहरूको ऐक्यबद्धता जरुरी रहेको सेती प्राविधीक शिक्षालयका डा. खेमराज उपाध्यायले बताए । उपचार नभई खोप मात्र हुने हुँदा, शंकास्पद कुकुर, बिरालो, बाँदर, चमेरो, स्याल, आदिले टोकेमा वा रेबिज लागेको पशुसँग लसपस भएमा तुरुन्त सम्बन्धित पशु तथा मानिसलाई खोप लगाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *