शिलादेवी (शैलेश्वरी) माहात्म्य

भक्त बहादुर बलायर
११ मंसिर २०८० ८:२३
शिलादेवी (शैलेश्वरी) माहात्म्य

१) स्कन्द पुराण वर्णन शैलेश्वरी गाथा ।
अगस्त्य स्कन्द संवाद शिलादेवी माता ।।
२) शङ्करपुत्र कार्तिकेय ती स्कन्द नामको ।
स्कन्द वर्णन गर्छन्  यो पुण्य धामको ।।
३) अगस्त्य ऋषिको विन्ति देवीको उत्पत्ति ।
स्कन्दजी वर्णन गर्छन् देखी ऋषिभक्ति ।।
४) अष्टसिद्धि दातृ माता सब् पाप नाशिनी ।
माहात्म्य विस्तार भन्छु ती सिद्धिदायिनी ।।
५) सत्य युगको अन्त्य पछि वैदिक युग्को शुरुमा ।
सतीदेवी अग्निकुण्ड दक्ष बस्ने पुरमा ।।
६) शिवसँग रुष्ट थिए दक्षप्रजापति ।
यज्ञमा बोलायो आफ्ना छोरी ज्वाइँ जति ।।
७) यज्ञमा दिएन निम्तो शिव सतीलाई ।
माता  पिता प्रणाम् गरिन् सती आफँै आई ।।
८) दक्ष शिवको अपमान दुर्वाच्य बोल्दैग्यो ।
सतीलाई दक्षको वचन हृदय पोल्दैग्यो ।।
९) असह्य सतीलाई भयो यज्ञमा हाम फालिन् ।
नसकी शिवको अपमान् त्यस्तो कदम चालिन् ।।
१०) शिवजी विरक्त भए तपस्यामा लागे ।
शंकर तपमा लीन राक्षसहरु जागे ।।
११) शिवजीलाई खुशी पारे तारकासुरले ।
मेरा सन्तानबाहेक मार्न नसकून् अरुले ।।
१२) तारकासुरले ठाने आपूmलाई अजयी ।
स्वर्ग मत्र्य लोक जिती बनिग्यो विजयी ।।
१३) अत्याचार सीमा नाध्यो तारकासुरको ।
इन्द्रलाई हराउन सक्ने के चल्थ्यो अरुको ।।
१४) देवगण सोच्न थाले मुक्ति पाउने जुक्ति ।
शिवजीको विवाह नै यसबाटको मुक्ति ।।
१५) पर्वतराज हिमवान्की सुपुत्री पार्वती ।
पर्वतराजका घर जन्म लिइन् सती ।।
१६) पार्वती शिवको बिहा सुसम्पन्न भयो ।
तारकासुरको अब सातो पुत्लो गयो ।।
१७) कैलासतर्पm जान लागे विवाह गरेर ।
चन्दन गिरिमा पुगे त्यही वाटो परेर ।।
१८) चन्दन गिरि हामी अहिले सिलगढी भन्दछौ ।
चन्दन गिरिको वर्णन पुराणमा सुन्दछौ ।।
१९) लहरा वृक्षको कुञ्ज सुशोभित अति ।
शीतल वायुले युक्त तल सेती नदी ।।
२०) चराको मधुरबोली अप्सराको नाच ।
किन्नरको मिठो गाना रंङ्गीचंङ्गी साँझ ।।
२१) सुन खानी चाँदी खानी र स्फटिक गेरु ।
लता कुञ्ज झाडीभित्र चर्ने मृगहरु ।।
२२) शिवपार्वती आकर्षित मनोहर दृश्य ।
फलपूmल फलेका छन् लटरम्म वृक्ष ।।
२३)समय गएको केही पत्तो नै भएन ।
देवगणको मनको डर त्रास नै गएन ।।
२४) मधुमास मनाउँदैथे चन्दन पर्वत बसी ।
समय व्यतित हुन्थ्यो कुञ्ज भित्र पसी ।।
२५) ब्रह्माजी इन्द्रा दिदेव दर्शन गर्न आँउदा ।
पार्वती शिलामा लुकिन ब्रह्माजी सामु पाउँदा ।।
२६) शिवजीलाई एक्लै देखे ध्यानमा बसेका ।
देवगणले प्रणाम गरे कुञ्जमा पसेका ।।
२७) शिवले इसारा गरे ब्रह्मालाई शिलामा ।
ममता  झल्किन लाग्यो शिवको लीलामा ।।
२८) पार्वती त शिलामा छिन् भन्ने संकेत बुझी ।
पार्वतीको स्तुती गरे देवगणले झुकी ।।
२९) मन वचन कर्मवाट नमस्कार गर्छौँ ।
मुक्ति पाउन् हामी सबै चरणमा पर्छाँै ।।
३०) मुक्ति पाउन देव दैत्य नाग यक्ष नर ।
देवीका शरण पर्छन मुक्तिलाई किन्नर ।।
३१) दक्षिणकाली गुह्यकाली नील उग्रतारा ।
कामाक्षी षोडशी बाला एक वेणी त्रिपुरा ।।
३२) नमस्कार शैलेश्वरी माता गुह्येश्वरी ।
जगदम्वा भगवती माता चण्डेश्वरी ।।
३३) शिव पार्वती प्रसन्न भई वरदान दिए ।
कैलाश पर्वत जाने पुरा सोच लिए ।।
३४) अर्धांशले शिलाखण्ड शिवपार्वती बसे ।
अर्धनारीश्वर बनी शिलाखण्ड पसे ।।
३५) भगवतीलाई बेलपत्र जलले पूजा गरोस् ।
षोडशोपचारले पूजा उनको शरण परोस् ।।
३६) बालख लड्डु खाई खुशी  भए जस्तै खुशी ।
पार्वतीका प्रतापले कोही रहन्न दुःखी ।।
३७) पाप नाश धर्म धन कीर्ति मान पाउने ।
सम्पूर्ण कामना सिद्धि देवी शरण आउने ।।
३८) शिलादेवी शैलेश्वरी नामले पूजा हुन्छ ।
अर्धनारीश्वरको पीठ सर्व सिद्धि बन्छ ।।
३९) स्वीकार्य हँुदैन माता आडम्वरी भक्ति ।
कार्तिकेय फेरि भन्छन् केले मिल्छ शक्ति ।।
४०) त्रेता युगको अन्त्यतिर बरेली नगरी ।
श्रुतकीर्ति व्राह्मण दानवीर सरी ।।
४१) उनका पुत्र पुण्य कीर्ति शास्त्रज्ञाता दानी ।
दयालु तीर्थका सेवक बडा बुद्धिमानी ।।
४२) ब्राह्मण तीर्थमा हिँडे सरयू नदी तीर ।
पूर्णागिरि तीर्थ पुगे कति नलिई पीर ।।
४३) कालिकाको पूजा गरी लागे दक्षिण दिशा ।
पर्वत चढी सेती न्वाई दिल्पेश्वरमा निशा ।।
४४) योगेश्वर स्थान गरी घु्रवकुण्डमा गए ।
पितृ तर्पण दान गरी ब्राह्मण तृप्त भए ।।
४५) गौरीकुण्ड किनारामा पुण्यकीर्ति बसे ।
परिवारसहित पुगी पूजा गर्न पसे ।।
४६) लठ्ठी टेकी अति दुर्बल एउटा व्यक्ति आए ।
सोम शर्मा भोकाएका तिर्थालुलाई पाए ।।
४७) कमजोर ब्राह्मण देखि सबले चोर ठाने ।
दुबलो पातलो व्याकुल व्यक्ति चोर होला माने ।।
४८) उठ मूर्ख भाग तिमी एकै स्वरमा भने ।
भिखारी या चोर हौ कि सोम शर्माले सुने ।।
४९) कठोर वचन सुनी मल्लो ओडार गए ।
भोक भोकै ओडार बसी भक्ति लीन भए ।।
५०) बिहानै उठेर नुहाई नित्यक्रिया गरी ।
चण्डेश्वरको समीपमा उनको शरण परी ।।
५१) चण्डेश्वर ! शिलादेवी दर्शन गर्न आए ।
व्रत वसी दर्शन गर्ने अनुमति पाए ।।
५२) चण्डेश्वर, गणेश, पूजा वटुक भैरव वेताल ।
देवीका मन्दिर पसे गर्दै मन्द चाल ।।
५३) सोम शर्मा भित्र पसी शिव शक्ति भोग ।
प्रसन्न भई भूईमा बसी शिला देवी ढोग ।।
५४) भक्तिपूर्वक वेलपत्र अक्षताले पुजी ।
एकाक्षरी मन्त्र जपी भए निकै खुशी ।।
५५) पुण्र्यकीर्ति परिवार सामग्रीले टम्म ।
आभूषण, जप, होम, दुई महिना सम्म ।।
५६) निर्धनी गुजराती शर्मा कन्दमूल खान्थे ।
वेलपत्र अक्षता लगि पुजा गर्न जान्थे ।।
५७) पुण्यकीर्ति आडम्वरी श्रृद्धाभक्ति कमै ।
आभूषण वस्त्र वलि भोजन सामान टन्नै ।।
५८) यस्तै रितले दुई महिना पुजा गर्दै गए ।
एक दिन् सोम शर्मा सामु योगी प्रकट भए ।।
५९) सर्वाङ्गमा भस्म धारण रुद्राक्षको माला ।
योगिनी साथमा योगी हिडाई मन्द चाला ।।
६०) भिक्षा देउ भन्न थाले योगीले आएर ।
सोम शर्माका दिन वित्थे कन्दमुल खाएर ।।
६१) आफ्ना भागका कन्दमूल योगी सत्कार गरे ।
धन्य भए यात्रा सफल भन्दै पाउ परे ।।
६२) योगीले कड्कँदै भने तिमी ढोंगी रैछौ ।
तिमी ढोंगी मूर्ख दुष्ट साह्रै खुशी भयौ ।।
६३) देख्दैनौ योगीको मेरी जाडोले कामेकी ।
भोगले व्याकुल भिन्दै मुस्किलले थामेकी ।।
६४) शिशिर ऋतुमा आगो प्राणको सहारा ।
तिम्रो खाना तिमी लैजाउ त्यो तिम्रो आहारा ।।
६५) दाउरा ल्याऊ आगो वाल्न जाडो शान्त पार्न ।
ढिला गरी योगिनीलाई तिमी लाग्यौ मार्न ।।
६६) सोम शर्माले विन्ती लाए दाउरा बोकी ल्याउँछु ।
नजिकैको जंगलमा जति छिटो पाउँछु ।।
६७) तत्काल वनमा शर्मा सिंह आई पक्रयो ।
सिंहका पंजामा परी जिउ निकै कक्रयो ।।
६८) चिउरीका रुखका मुनि ब्राह्मण राखी गज्र्यो ।
उच्च स्वर कान पसी सोम शर्मा थक्र्यो ।।
६९) राक्षसी प्रकट भई उच्च स्वर सुनी ।
सिंह ब्राह्मण दुवै हात रुखमुनि घुमी ।।
७०) सिंहको पंजाका शर्मा विन्ति गर्न लागे ।
योगिनीलाई दाउरा दिन केही क्षण मागे ।।
७१) लुगा छैन योगिनीका दाउरा दिई आउँछु ।
दाउरा भारी पु¥याउन थोरै क्षण लाउँछु ।।
७२) असत्य नबनू मैले योगिनीको श्राप ।
नगए लाग्ने छ मलाई धेरै ठूलो पाप ।।
७३) दाउरा पु¥याई फर्कि आउँछु पछि खानु होला ।
खुशीले फर्केर आउँछु खाई जानु होला ।।
७४) आयु पुगे मर्नै पर्छ म झुटा बन्दिनँ ।
एक क्षण समय पाउँ नखानोस् भन्दिन ।।
७५) स्कन्दजी भन्न लागे राक्षसीका वारे ।
राक्षसी अन्तर्धान ब्राह्मण चकित परे ।।
७६) सुतजीले विन्ती गरे सिंह गर्जन तर्की ।
राक्षसी सिंह र व्राहमण पछि किन पर्खी ।।
७७) को हो सिंह राक्षसी अचम्म पो लाग्छ ।
कसैले यो कथा सुने उसले कारण माग्छ ।।
७८) कार्तिकेय भन्न थाले अगस्त्य मुनिलाई ।
सार्थक वनाउने तत्व मानव जुनीलाई ।।
७९) ऋषिलाई अवगत सवै लोक खातिर सोध्यौ ।
लोक्को भलो उपकार राम्रो बाटो सोच्चौ ।।
८०) भक्तको परीक्षा लियो लोक्लाई शिक्षा दिन ।
अहंकारी पूजा भन्दा सच्चा भक्ति लिन ।।
८१) शिव र पार्वती आपैm योगी र योगिनी ।
आपैm बने सिंह तथा नर् भक्षि भोगिनी ।।
८२) ब्राह्मणको भक्ति निष्ठा धैर्यको परीक्षा ।
सोम शर्मा दर्शन दिए माग्न आई भिक्षा ।।
८३) नन्दीमा सवार भई ब्राह्मण सामु आए ।
ब्राह्मणले आफ्नो सामु गौरीशंकर पाए ।।
८४) ब्राह्मणले प्रणाम गरे प्रदक्षिणा गरे ।
हर्षित मन रोमाञ्चित आनन्दित पारे ।।
८५) शिव् पार्वती आज्ञा भयो बाबु वर माग ।
मनको इच्छा पूर्ण गर्छु आफ्नो इच्छा राख ।।
८६) देव राज कुवेर पद जे चाहन्छौ दिन्छौ ।
कामना गराउँछौ पूर्ण तिमी साथ लिन्छौ ।।
८७) देउताको क्षमता पर शिवजीको हात ।
ब्राह्मणले स्पर्श पाए शिव पार्वतीको साथ ।।
८८) सबैले शिवशक्ति कथा नारदबाट पाए ।
देव ऋषि किन्नर नर चन्दन पर्वत आए ।।
८९) देउताले स्तुति गरे गन्धर्वले गाए ।
ऋषिमुनि किन्नरले भगवान दर्शन पाए ।।
९०) त्यो ठाउँ स्वर्गभँैm भयो सबले दर्शन गरे ।
शिव पार्वती दया सागर सवैले विश्वास गरे ।।
९१) सोम शर्माले स्तुति गरे शिवशक्ति रुपा ।
पर्वत पुत्री महागौरी सधैं मिलोस् कृपा ।।
९२) केही पनि वर माग्न मानेन शर्माले ।
पार्वती प्रसन्न भइन ब्राह्मणका कर्मले ।।
९३) शिलादेवी आज्ञा भयो चिताएको पुगोस् ।
अष्टसिद्धियुक्त वन्नु  सवै कष्ट फुकोस् ।।
९४) त्रिकालदर्शी , सिद्धबानी अध्यात्मज्ञानी ।
इच्छित वरदान दिन्छु प्रिय भक्त ठानी ।।
९५) नकैले दरिद्र रोगी नडर भूतको ।
कैले भय हुने छैन सिंह, पिचास प्रेतको ।।
९६) शिव पार्वती अन्र्तध्यान वर दिदै शर्मालाई ।
सवैले प्रशंसा गरे शर्माकै कर्मलाई ।।
९७) यो घटना माघ शुक्ल अष्टमीको राति ।
आज पनि आश्चर्यका घटना पर्वतमाथि ।।
९८) सत्य निष्ट सोम शर्मा दाउरा भारी वोकी ।
पहिलेको ठाउँमा आई खोज्न थाले योगी ।।
९९) नदेखी योगीनी योगी ध्यान दृष्टिले हेरे ।
जगदम्वा शिवको लीला अच्चम्भित परे ।।
१००) फल जल पत्र पुष्प अक्षताले खुशी ।
यस्तो लीला शीघ्र सिद्धि किन मानव दुःखी ।।
१०१) जगदम्बाको प्रसादले सोम शर्मा मुक्ति ।
दुई महिनामा सिद्धि मिल्ने किन लिन्नन् सूक्ति ।।
१०३) दुई महिनामा सिद्धि मिल्ने बेलपत्रमा खुशी ।
शिवपार्वती पूजा छोडी किन मानव दुःखी ।।
१०४) स्कन्दजीको आज्ञा हुन्छ छिट्टै सिद्धि पाइने ।
चाहिन्न धन पैसा  सामान बेलपत्र चाहिने ।।
१०५) भाग्यले ठगेका हुन्छन् त्यस्ता देव त्याग्ने ।
शिवपार्वती पूजा छोडी अन्य बाटो लाग्ने ।।
१०६) दुई मैनामा सोम शर्माले अष्ट सिद्धि पाए ।
एकाग्र चित्त भई सधै शिवमा भक्ति लाए ।।
१०७) शिव पार्वती स्पर्श भई ब्राह्मण धन्य भए ।
मृत्यु पश्चात देवी कृपा शिव लोक गए ।।
१०८) अगस्त्यजी विन्ती गर्छन कार्तिकेयलाई ।
पुण्यकीर्ति के के भयो चन्दन पर्वत आई ।।
१०९) स्कन्दजीको आज्ञा भयो पुण्यकीर्ति बारे ।
सोम शर्मालाई सिद्धि मिल्यो सबलाई चकित पारे ।।
११०) पुण्यकीर्ति रसोद कुण्ड जलमा स्नान गरी ।
पद्मासनमा ध्यान मग्न ऋषि मुनि सरी ।।
१११) शान्त भई ध्यान वस्दा देखे तेज पुञ्ज ।
सोम शर्मा चिने जस्ता देखे लता कुञ्ज ।।
११२)  शिलादेवी पूजा गरी मुनि सामु गए ।
चिने भैm लाग्दछ मुनि म त बिस्मित भए ।।
११३) को हौ प्रभु कहाँ बाट यो धाम आउनु भो ।
कहाँ वास अन्न फल केही खान पाउनु भो ।।
११४) सोम शर्माले उत्तर दिए हाँसेर मुसुक्क ।
पुण्यकीर्ति अचम्मित लाजले भुतुक्क ।।
११५) सोम शर्मा म हँु बन्धु देवी कृपा पाए ।
नित्य दिन पूजा पाठ कन्दमूल खाए ।।
११६) डर् भाग्यो भगवती कृपा सिद्धि प्राप्त भयो ।
शिव पार्वती प्रसन्न भई सवै कष्ट गयो ।।
११७) हृदयमा भगवती उनकै ध्यानमा मग्न ।
शिव पार्वती सामु पाउँदा आँसु लागे बग्न ।।
११८) हर्षाश्रु गालामा बगे आपैm नाच्न थाले ।
पाएर देवीको स्पर्श सारा डर फाले ।।
११९) पुण्यकीर्ति भन्न थाले आश्चर्य अद्भुत ।
बस्र दान सुवर्ण र भोजन व्राहमण तृप्त ।।
१२०) उपहार बलि नित्य ब्राह्मण जोगी भोज ।
बेलपत्रले देवी  खुशी मत परे सोच ।।
१२१) कसरी प्रसन्न देवी वरदान दिइन ।
सारा दुःख नाश गरी आपूm जिम्मा लिइन ।।
१२२) मेरा सारा उपहार सामग्रीको खात ।
पूजा गर्थे भारी दान टेक्थे भुर्इँमा माथ ।।
१२३) सामान्य साधना ब्रत अतुल् सिद्धि पायौं ।
व्रहमज्ञानी महामुनी कति अघि आयौ ।।
१२४) धिक्कार सामान भन्दै ब्राह्मणलाई दान दिए ।
साथका अनुयायी सवै बिदावारी भए ।।
१२५) जपा कुसुम कुञ्जभित्र आश्रय लिएर ।
कन्दमूल खान थाले अन्न दान दिएर ।।
१२६) पुण्यकिर्ती स्वप्न देख्छन एउटा महान योगी ।
सोम शर्माको शरण जाउ उनको पाउमा ढोगी ।।
१२७) स्वप्नको योगीको आज्ञा शिरो धार्य गरी  ।
सोम शर्मा समीप गई उन्का पाउ परी ।।
१२८) महाज्ञानी सोम शर्मा मलाई शरण लेऊ ।
हे मुनि अपराध मेरा सबै माफी देऊ ।।
१२९) माता पिता सबै हजुर मेरो उद्धार गर ।
यो धरामा मेरो हक केवल प्रभु भर ।।
१३०) सोम शर्माले उठाएर आफ्नो गला लाएँ ।
आज मैले आफ्ना मित्र स्वयं सामु पाएँ ।।
१३१) सोम शर्माले परमतत्व उपदेश दिए ।
पुण्यकीर्ति एकाग्र भई परम ज्ञान लिए ।।
१३२) संसारलाई तृणतुल्य मान्ने पुण्यकीर्ति पछि ।
शान्तात्मा परमज्ञानी शर्मासँग बसी ।।
१३३) धर्म अर्थ काम मोह चारै तत्व मिल्छ ।
भगवतीको पूजाा गरे पूरा जीवन खिल्छ ।।
१३४) अगस्त्य मुनिले सोधे कार्तिकेय संँग ।
देवीको उत्पति जानी हामी भयौ दंङ्ग ।।
१३५) हे प्रभो यो तीर्थ कसले प्रकाशित गरे ।
धेरै ठाउँका तीर्थालुले सधैं तीर्थ भरे ।।
१३६) स्कन्दजी भन्न थाले मत्र्यलोकमा जसले ।
भगवान रामचन्द्र नै हुन् अरु सक्थे कसले ।।
१३७) अश्वमेघ यज्ञपछि रामले सभा डाके ।
विभिन्न किसिमका कथा सुन्ने विचार राखे ।।
१३८) वशिष्ठले शिलादेवी कथा भने जब ।
रामचन्द्रले इच्छा गरे शिला दर्शन सव ।।
१३९) रामचन्द्र लक्ष्मण र हनुमान अरु ।
वशिष्ठजी सँगै गए रामका कुल गुरु ।।
१४०) लोक शिक्षाको आशा राखी रामचन्द्र गए ।
रसोद कुण्ड स्नान गरी रामजी तयार भए ।।
१४१) देवर्षि पितृको तर्पण गुञ्जन कुण्ड भरी ।
सम्यक अर्चना सहित स्तुति गान गरी ।।
१४२) तीन नेत्र धारण गर्ने तीर्थ रुप गौरी ।
सौम्य रुप कमलमुहार पर्वतराजकी छोरी ।।
१४३) मातृका गणको सेवा सिंहमा सवार ।
शिलादेवी राता वस्त्र रातै छ श्रृङ्गार ।।
१४४) देवीले दर्शन दिइन् रामले विन्ति गरे ।
साधारण मानव जस्तै राम शरण परे ।।
१४५) धन्य भए अनुगृहित देवी दर्शन पाए ।
पुण्य धाम देवी स्थान दर्शन गर्न आए ।।
१४६) रामचन्द्रको बिन्ती सुनी देवी भन्न थालिन् ।
सवैको मनमा नयाँ कुरा पनि हालिन् ।।
१४७) ब्रह्माले प्रार्थना गर्दा भूमिभार टार्न ।
विष्णुको अवतार भयो रावणलाई मार्न ।।
१४८) रधुकुल अवतार दुष्टको नाश गरी ।
तपाईको विमल किर्ति पैmलियोस् लोक भरि ।।
१४९) तपाईले गरेको स्तुति आठ श्लोकको गान ।
अश्वमेध् यज्ञको फल ठूलो पाओस् मान ।।
१५०) यो स्तुतिको गान गर्ने अश्वमेघको फल ।
भक्तिले गरेको फल पाउँछ त्यही पल ।।
१५१) अन्तर्धान भगवती रामजी त्यहीँ बसे ।
नौ दिन बसेर त्यहीँ त्रिकाल पूजा पसे ।।
१५२) अयोध्या फर्कन लाग्दा वशिष्ठजी बोले ।
छ मण्डपको पूजा विधि माहात्म्य खोले ।।
१५३) भक्तिमण्डप ज्ञानमण्डप वैराग्यमण्डप ।
मुक्तिमण्डप, योगमण्डप र सिद्धिमण्डप ।।
१५४) एकमा बसी ॐ कारको जसले जप गर्छ ।
सिद्धि पाई देवीबाट सबै पाप हर्छ ।।
१५५) एकछिन मण्डपका बसि सेती नदी आए ।
योगेश्वर दिप्लेश्वरको पुजा आजा लाए ।।
१५६) रामजी अयोध्या पुगे तीर्थ दर्शन गरी ।
शैलेश्वरी प्रख्यात् भइन्् सारा विश्वभरि ।।
१५७) तीर्थालु आउन थाले सेवा गर्न लागे ।
देवीका मन्दिर गई ईच्छित वर मागे ।।
१५८) दीलिपले तपस्या गरे दिल्पेश्वर आई ।
नन्दिनी गाईको सेवा वासुधरा न्वाई ।।
१५९) दोस्रो दिन दीलिप राजा शिलादेवी गए ।
देवीको गरेर पूजा साह्रै खुशी भए ।।
१६०) डोटी राजा पाहाडी शाहीले मन्दिरको अवस्था ।
गुठी राखी पूजा आजा मिलाए व्यवस्था ।।
१६१) माघ जेष्ठ कार्तिकको पूर्णिमाको दिन ।
देवीको विशेष पूजा आर्शिवाद लिन ।।
१६२) कार्तिक चतुर्दशी रातमा रतेउडी ।
पूर्णिमाको दिन जाँत मनाउँछन दिउँसेडी ।।
१६३) देउरो काम्छ आपैm थर्र धामीका हातको ।
श्रृदा र आश्र्चय कुरा सम्पूर्ण जाँतको ।।
१६५) कर्कट राशीको उच्च वृहस्पती परे ।
देवी खुशी बाह्रबर्ष लक्ष होम गरे ।।
१६५) बाह्र बाह्र वर्ष पछि कोटि होम हुन्छ ।
एकसय चौवालिस वर्ष कोटि होम बन्छ ।।
१६६) शिलादेवी रक्षा गरुन सम्पूर्ण जनको ।
देवीले वरदान दिउन इच्छित मनको ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *