सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबद्वारा भुकम्प पीडितलाई राहत

पाँजलो न्युज
२ कार्तिक २०८० ५:४९
सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबद्वारा भुकम्प पीडितलाई राहत

बझाङ- बझाङका भुकम्प पीडित परिवारलाई राहत सामाग्री सहयोग गरेका छन् ।सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबका अध्यक्ष खेमराज भट्ट र उपाध्यक्ष चक्र मल्लको बिशेष सहयोग पहलमा समाजसेवी चादनी ऐरको टोली बझाङमा पुगेर खप्तड छान्ना गाउँपालिका वडा नम्बर २,३ र ४ का भुकम्प पिडित परिवारलाई पाल,लगाउने ओढ्ने लुगा, कपडा बितरण गरेका हुन् ।

असोज १६ गते ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुर्‍याएको छ ।त्यस यता लगातार भूकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

पीडित परिवारलाई राहत वितरण गर्दै समाजसेवी ऐरले पिडित घाउमा सहयोग गर्नु हुने सहयोगिलाई धन्यवाद दिएकी छन् । पीडितलाई सामाजिक सेवाको कार्य गर्न पाउदा निकै खुशी भएको समाजसेवी ऐरले बताइन् ।

बझाङमा अन्य भुकम्प पीडितलाई पनि सहयोग गर्न कार्यक्रम रहेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *