बृद्धभत्ताको रकमले रघुनाथतारा अक्षयकोष स्थापना 

पाँजलो न्युज
५ असोज २०८० १०:१५
बृद्धभत्ताको रकमले रघुनाथतारा अक्षयकोष स्थापना 

डोटी– जहाँ इच्छाशक्ति त्यहाँ उपाय भने झैँ समाजसेवा गर्न चाहनेलाई उमेरले छेक्दैन भन्ने उदाहरण स्थापित भएको छ । जोरायल ३ चनकट्टेका एक बयोबृद्धले बृद्धभत्ता बापत प्राप्त रकमले १/१ लाख बराबरको दुई वटा रघुनाथतारा अक्षयकोष स्थापना गरेका छन् । एक सय २ वर्षको उमेरमा रघुनाथ जोशीले जाेरायल गाउँपालिका वडा नं. ३  स्थित शिवपुर माध्यमिक विद्यालय र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गरेका हुन् ।

एक श्रीमती, ३ छोरा र २ छोरीका धनी समाजसेवी जोशीले जीवनको उत्तरार्द्धमा पुण्य कार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अक्षयकोषको रकमले स्वास्थ्य संस्था र विद्यालयले गरिब, विपन्न र असहायको सेवामा लगानी गर्न सकिने जोशीले बताए । ‘हालसम्मको प्राप्त बृद्धभत्ता  अक्षयकोषमा राख्न पाएकोमा खुसी छु’, जोशीले खुसी हुँदै भने,‘अव पुण्य कार्यले स्वर्गमा पुगेसरि महसुस भएको छ ।’

समाजसेवी जोशीकी श्रीमती तारादेवी ९८ वर्षकी रहेकी छन् । हाल उनीहरूको बसाइ धनगढी उपमहानगरपालिका वडा ८ कैलालीमा रहेको छ ।  अक्षयकोष स्थापना गरेकोमा वडाध्यक्ष नवीन ओझाले स्वास्थ्य चौकी र विद्यालयका तर्फबाट समाजसेवी जोशीको शुक्रवार सम्मान समेत गरेका थिए । दोसल्ला र अबिर मालासहित सम्मान गर्दै वडाध्यक्ष ओझाले समाजसेवी जोशी समाजका लागि प्रेरणाको स्रोत रहेको बताए ।

उक्त सम्मान कार्यक्रममा जोरायल गाउँपालिका वडा न ३ का अध्यक्ष तथा प्रथमिक स्वास्थ्य केन्द्र चनकट्टे ब्यबस्थापन समिती अध्यक्ष नवीन ओझा , पुर्व वडाध्यक्ष दिनेश कुमार मल्ल  , अक्षयकोष स्थापनाकर्ताका छोराहरु पुष्प राज जोशी र गङ्गाराम जोशी  स्थानिय समाजसेवि  डिल्ली राज जोशी, लक्ष्मण जोशी ,स्वास्थ्य केन्द्रका प्रमुख डक्टर अजय यादब लगायत स्थानियको उपस्थिती रहेको थियो । यसरी स्वास्थ्य चाैकीमा अक्षयकोष स्थापना गर्ने उनी पहिलो व्यक्ति हुन भने शिबपुर माध्यामिक बिध्यालयमा अध्यन गर्ने गरिब र अनाथ विद्यार्थीको शिक्षादीक्षाको लागि अक्षयकोष स्थापना गर्नेआठौं व्यक्ति हुन ।

स्थानीय समाजसेवी डिल्लीराज जोशीले अक्षयकोषको रकमले विपन्न, गरिब तथा असहायको उपचार तथा पढाइमा सदुपयोग हुने भएकाले स्थानीयमा समेत खुसीयाली छाएको बताए । जीवनको उत्तरार्द्धमा यसरी समाजप्रतिको अभिभावकत्व भूमिका समेत पुरा गरेकोमा जोशीले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *