फलेडीमा खुल्ला देउडा प्रतियाेगिता हुने

राेजेन्द्र जाेशी
८ भदौ २०८० १२:५७
फलेडीमा खुल्ला देउडा प्रतियाेगिता हुने

(डाेटी) – सुदूरपश्चिमको मौलिक पर्व गौराका लागि प्रसिद्ध मानिने केआईसिह ६ फलेडीमा  खुल्ला देउडा गीत प्रतियोगिता राखिएको छ । भाद्र ९ गते शनिवार दिनभरि खुल्ला देउडा प्रतियोगितामा ख्याति प्राप्त देउडा गायक तथा गायिकाहरू बिचमा घम्साघम्सी हुनेछ गौरा प्रर्वद्धन तथा व्यवस्थापन समितिका अध्यक्ष राम जोशीले  जानकारी दिएका छन ।

साेही  राती परम्परा अनुसारको भारिखेल लाग्ने समेत बताइएको छ । गौरा व्यवस्थापन समितिका अध्यक्ष जोशीका अनुसार गौरा अवधिभरमा मदिरा निषेधित गरिएको छ । फलेडीकाे गौरा हेर्न टाढा टाढा बाट दर्शकहरू पुग्ने गरेको स्थानीय गौरा संरक्षण तथा सल्लाहकार समितिका सदस्य परमानन्द जोशीले बताए । गौराको अन्तिम दिन अर्थात् आइतबार तल्लो फण्डि र मल्लो फण्डीकाे गौरा जुधाइको दृश्य रमाइलो हुने धुव्रराज जोशीले बताए । विधिवत् रूपमा गौराको व्रत गरी पुजाआरधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

गौरा भाद्र १० गते आइतबार सेलाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *