सरिता कठायत
डोटी / डोटी जिल्लाको शिखर नगरपालिकामा स्वास्थ्य स्वयंसेवीका र युवा स्वयंसेवकहरूका लागि एक दिने तालिम सञ्चालन भएको थियोे । स्वास्थ्य स्वयंसेवीका र युवा स्वयंसेवकहरूका लागि एक दिने अन्तर बैयक्तिक विषयक अभिमुखिकरण कार्यक्रम गरिएको हो । युनिसेफ नेपालको सहयोग, शिखर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा मंगलबार नगरपालिकाको सभा हलमा एक दिने कार्यक्रम गरिएको थियोे । खोप केन्द्रमा समुदायमा महत्त्वपूर्ण भुमिका स्वयंसेविकाहरूको हुने भएकाले सो तालिम आवश्यक रहेको शिखर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखक हरिश शाहाले बताए । उनले भने समुदायमा खोप छुटेका जुनसुकै मानिस भएका हुन्छन् उहाँहरूको पहिचान गराइदिनु पर्ने शाहीको भनाइ रहेको थियो । मानिसको व्यवहारले गर्दा सेवा प्राप्त गर्ने मानिसहरूको चाप बढी हुनेगर्छ उनले भने । बास नेपालले छनोट गरिएका स्वयंसेवकहरूले जुनसुकै खोप छुटेकाहरूको डाटा स्वास्थ्य केन्द्रलाई पठाई खोपको कार्यक्रममा सहज गरिदिन हुन आग्रह समेत शाहाले गरेका थिए । समुदायमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भुमिका हुने गर्छ त्यसैले उनिहरूलाई अन्तर बैयक्तिक विययक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बास नेपालका अनुगमन अधिकृत हरिप्रसाद जोशीले बताए । उनले स्वास्थ्य स्वयंसेविका र स्वयंसेवकहरूलाई बास नेपालले गर्ने कार्यक्रमका बारेमा बताएका थिए । कार्यक्रममा १३ जना स्वास्थ्य स्वयंसेविका र ७ जना स्वयंसेवकहरूको उपस्थिति रहेको थियोे । स्वास्थ्य स्वयंसेवीका र युवा स्वयंसेवकहरूका लागि एक दिने अन्तर बैयक्तिक विषयक अभिमुखिकरण कार्यक्रमकाे प्रशिक्षण असोक जोशीले गरेका हुन ।
प्रतिक्रिया