शिखरमा तिन दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न

सरिता कठायत
८ साउन २०८० १४:३८
शिखरमा तिन दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न

सरिता कठायत
डोटी / डोटी जिल्लाको शिखर नगरपालिकामा सामाजिक व्यवहार परिवर्तन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोग, शिखर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको थियो । शिखर नगरपालिकाको सभाहलमा शनिबार देखि सञ्चालन भएको क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ । तालिमको समापन समारोह कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले समुदायमा पुरूष स्वास्थ्यकर्मीहरू मध्य महिला स्वास्थ्यकर्मीहरूलाई ग्रामीण भेगमा कामगर्ने क्रममा असहज भएको बताएका छन् ।तीन दिने तालिममा समुदायलाई प्रभावकारी हुने बिषयबस्तुलाई समेटिएको र सो कुराहरू स्वास्थ्यकर्मीहरूले समुदायमा लागू गर्नुपर्ने बलायरको भनाइ रहेको थियो  । शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले स्वास्थ्य क्षेत्र भनेको समवेदनशील क्षेत्र हो त्यसैले सबै स्वास्थ्यकर्मीहरूले नमुना कार्य गर्नुपर्ने बताइन् । समुदायमा हामी सबैले सामाजिक व्यवहार परिवर्तनका लागि अगाडि बढ्नुपर्ने उनले भनिन् । बास नेपाल संस्थालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुपर्ने अवस्थामा सहयोग गर्न नगरपालिकाको साथ रहने रावल जोराको भनाइ रहेको थियो  । शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाहाले खोपको क्रममा स्वास्थ्यकर्मीहरूले आफ्नो बालबालिकाहरूलाई खोपको गुणस्तर हेर्ने र अरूको बालबालिकाहरूलाई जस्तो पायो त्यस्तै खोप नलगाउन अनुरोध गरेका छन् । बालबालिकाहरूले पाउने हरेक स्वास्थ्य चेकजाँच,खोपहरू उनीहरूको अधिकार भित्र रहेको शाहाले बताए । त्यसैले सबैका बालबालिकाहरूलाई गुणस्तरीय खोप अनिवार्य लगाउन सहभागी स्वास्थ्यकर्मीहरूलाई भनेका छन् । समापन सत्रमा सामाजिक व्यवहार परिवर्तन तथा सञ्चार सम्बन्धि तीन दिने तालिमका सहभागी हेमा जोशीले प्रभावकारी तालिम भएको बताइन् । उनले  यो तालिम हामी स्वास्थ्यकर्मीहरूका लागि धेरै राम्रो भएको भनिन्  । युनिसेफ नेपालका असोक जोशीले  नेपाल सरकारको खोप सम्वन्धि प्राथमिकतामा सहयोग पुर्याउने उद्देश्यले खोप नलगाउने कारण र अवरोधको‌ पहिचान गरी ५ वर्ष मुनिका सुन्य डोज र छुटेका बालबालिकाको पहुँच र उपभोगमा वृद्धि गर्ने बतएका थिए साथै तीन दिनको अवधिभर तालिममा सहजीकरण गरेका विषयवस्तुलाई प्रष्ट पारेका थिए ।
बासका अनुगमन अधिकृत हरि प्रसाद जोशीले नगरपालिकामा बास नेपालले के कस्ता कार्य गरिरहेको छ सो विषयमा बताएका थिए । समापन सत्रमा शिखर नगरपालिकाका नगर प्रमुख,उप प्रमुख,विभिन्न शाखा प्रमुखहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । तीन दिने तालिममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र प्रशिक्षक अशोक जोशीले सहजिकरण गरेका थिए कार्यक्रममा १ देखि ११ वडाका स्वास्थ्य शाखाका ११ जना स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *