बोहराको रगतले बच्यो ८ महिनाकी गर्भवती विनिताको ज्यान

सरिता कठायत
३ साउन २०८० १०:४९
बोहराको रगतले बच्यो ८ महिनाकी गर्भवती विनिताको ज्यान

सरिता कठायत
डोटी / डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकाकी विनिता परियारलाई रगतको अभाव भएपछि बास नेपाल सायल गाउँपालिकाको उपशाखाका  संयोजक धन बहादुर बोहराले रगत दिएका छन् । मंगलबार जिल्ला अस्पतालमा गर्भवती परियार आफ्नो र गर्भमा भएको बच्चाको स्वास्थ्य चेकजाँचका लागि अस्पताल आएकी थिन । उनको चेकजाँच पछि शरिरमा रगतको अभाव भएको जिल्ला अस्पतालका डाक्टर राजेन्द्र फुलाराले जानकारी गराए । उनले भने परियारको शरिरमा ६ पिन्ट मात्रै  रगत रहेको र उनलाई रगतको अभाव भएको फुलाराले बताए । विनिता ८ महिनाकि गर्भवती हुन् । उनले आफ्नो स्वास्थ्यमा अफ्ट्यारो महसुस भएको पाएपछि आफ्नो र बच्चाको चेकजाँचका लागि अस्पतालमा आएको बताइन् । परियारलाई २ पोका रगतको अभाव भएको थियो । हिजो साझँ जिल्ला अस्पतालका ल्याब असिस्टेन्ट हरिस खड्काले १ पोका रगत दिएका थिए भने उनलाई अझै १ पोका रगतको अभाव रहेको थियोे । सायल गाउँपालिका १ घर भएका धन बहादुर बोहराले एक पोका रगत दिएका हुन । बाल्यकाल देखि नै बुवा गुमाएका बोहराले अरूको समस्या पनि आफ्नो जस्तै हो ठान्छु त्यसैले गर्भवती महिलालाई रगत दिएको बताए । उनले भने आज आफूले समस्यामा भएकालाई रगत दिन पाउँदा धेरै खुसी भएको छु बोहराले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *