शिखर नगरपालिकाका बादी समुदायलाई व्यवसायीका लागि बंगुर वितरण

सरिता कठायत
२४ असार २०८० १५:००
शिखर नगरपालिकाका बादी समुदायलाई व्यवसायीका लागि बंगुर वितरण

सरिता कठायत
डोटी / डोटी जिल्लाको शिखर नगरपालिकाका बादी समुदायलाई व्यवसायीका लागि बंगुर वितरण गरिएको छ । शिखर नगरपालिका वडा नं २ मा रहेको बादी कृषि पशुपन्छी उत्थान समुहमा बंगुर वितरण गरिएको हो । बादी समुदायहरूलाई व्यवसायीक रूपमा अगाडि बढाउनका लागि शिखर नगरपालिकाको आर्थिक सहयोग तथा शिखर नगरपालिका पशुपन्छी विकास शाखाको समन्वयमा आइतबार बंगुर वितरण गरिएको थियो । बादी समुदायका मानिसहरूको जग्गा जमिन नभएकोले उनीहरूलाई व्यवसायमा पहुँच पुर्‍याउने उदेश्यले बंगुर पालनमा सहयोग गरिएको शिखर नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख जयप्रकाश मल्लले बताएका छन् । बादी कृषि पशुपन्छी उत्थान समुहमा रहेका सोह्र जनालाई पर ब्याक्ति २ बंगुर गरेर बत्तीस वटा बंगुर दिएको मल्लले जानकारी गराएका छन् । न बस्ने घर छ नत कमाई खाने जग्गा नै साझँ विहानको छाक टार्न समेत गार्‍हो हुन्छ बादी समुदायका मानिसहरूलाई शिखर नगरपालिका २ का जुना दासले बताइन् । उनले नगरपालिकाले हाम्रो अवस्थालाई मध्य नजर गरि बंगुर दिएकोमा धेरै खुसी भएको दासले भनिन् । आगामी दिनहरूमा पनि यसैगरी नगरले हाम्रो लागि सहयोग गर्नुपर्ने भनाइ उनले राखिन् । बालबालिकाहरूलाई पालन पोषण समेत गर्न कठिन भएको थियो नगरपालिकाबाट बंगुर पालनका लागि पहिला पनि सहयोग गरेपछि घरखर्ज चलाउनमा केही सहज भएको सोही ठाउँमा बस्ने बिमला दासले भनिन् । उनले थपिन बस्ने घर छैनन् रोडको छेउमा बस्ती छ चुहिने छानो छ कमाई खाने जमिन छैनन् नगरपालिकाले यो विषयमा पनि ध्यान दिएको भए अझै आभारी हुने दासले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *