निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर 

केआइसिंहमा एकैदिन भयो २ सय ४० जनाको निशुल्क उपचार (भिडियाे सहित)

पाँजलो न्युज
१६ असार २०८० १३:३१
केआइसिंहमा एकैदिन भयो २ सय ४० जनाको निशुल्क उपचार (भिडियाे सहित)

(डोटी)– केआइसिंह सरकारले विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार वडा नं. २ तिखात्तर विशेषज्ञ चिकित्सक सहितको टोलीले २०० बिरामीहरूको उपचार गरेको छ । स्वास्थ्य शाखा प्रमुख नवीन माझीले शनिबार सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय ४० बिरामीहरूले लाभ लिएको बताए । उनले जनरल फिजिसियन डा. जुनु लावती, बालरोग विशेषज्ञ डा. ललित सुरी, मेडिकल अधिकृत इन्द्र माझी सहितको स्वास्थ्यकर्मीहरूको टोली शिविरमा खटिएको जानकारी दिए ।

शिविरमा स्वास्थ्य परिक्षण, मधुमेह, प्रजनन तथा स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, मुटु, पेट, छाती, श्वासप्रश्वास सम्बन्धी लगायतका रोगहरूको उपचार गरिएको थियो भने फिजिसियन तथा परामर्श सेवा एवम् निशुल्क औषधी समेत वितरण गरिएको थियो । फोक्सो र दम सम्बन्धी, हाडजोर्नी दुख्ने , ग्यास्टिक सम्बन्धी , ढाड तथा पेट दुख्ने, महिलाको तल्लोपेट दुख्ने, उच्च रक्तचाप र कान सम्बन्धी समस्या भएका बिरामीहरू शिविरमा उपचारका लागि आएको केआइसिंहका स्वास्थ्य शाखा प्रमुख नवीन माझीले बताए । माझीका अनुसार उपचारका लागि १ सय ७० महिला र ७० पुरुष उपचारका लागि आएका थिए जसमध्य ५१ बालबालिका रहेका छन् ।   

लामो समयदेखि तल्लो पेट दुख्ने समस्याले पीडित तिखात्तरकी सोना परियारले गाउँमै उपचार पाउँदा खुसी लागेको बताइन् । नेपालमै पहिलोपटक पालिकाकै बजेटबाट स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टर नियुक्त गरी सेवा दिने केआइसिंह गाउँपालिका पहिलो पालिका हो । चालु आर्थिक वर्षबाट भने वडामा नै मासिक रुपमा एमबिबिएस डाक्टरसहितको टोली खटाएर घुम्ती सेवा दिँदै आएको केआइसिंह सरकारले यसपटक भने विशेषज्ञ चिकित्सक ल्याएर निशुल्क शिविर सञ्चालन गरेको छ ।

विभिन्न कारणले गाउँघरमा बिरामीहरू उपचार नगरेर रोग लुकाउन बाध्य छन् ’, अध्यक्ष शाहीले भने, ‘त्यही कारण विशेषज्ञ चिकित्सक गाउँमै ल्याएर निशुल्क सेवा दिने हाम्रो प्रणलाई आजबाट कार्यान्वयन गरेका छौं ।’ पहिलो चरणमा गाउँ घरक्लिनीक , आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीहरू बाट नियमित बिरामीहरूको उपचार गर्ने, दोस्रो चरणमा वडा वडामा सञ्चालन हुने एमबिबिएस डाक्टरको घुम्ती शिविरबाट उपचार हुने तथा तेस्रो चरणमा विशेषज्ञ डाक्टरबाट सेवा दिने नीति रहेको गाउँपालिका अध्यक्ष शाहीले बताए । आगामी आर्थिक वर्षबाट विशेषज्ञ स्वास्थ्य शिविरलाई थप प्रभावकारी हुने गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *