सरिता कठायत
डोटी / डोटी शिखर नगरपालिकामा किशोरीहरूलाई दस दिने सीपमूलक तालिम सम्पन्न भएको छ । किशोरीहरूलाई आत्मबल बढाउनका लागि दश दिने तालिमको आयोजना शिखर नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेको थियोे । कार्यक्रम नगर प्रमुखको सभा अध्यक्षतामा जेष्ठ २५ गतेदेखि सञ्चालनमा रहेको तालिम असार २ गते सम्पन्न भएको छ । किशोरीहरूले तालिममा सिकेका सीपमूलक कुरालाई निरन्तरता दिन शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । उनले किशोरीहरूलाई आयआर्जनमा जोड दिएर सीपमूलक तालिम दिदा भविष्यका लागि फाइदाजनक हुने गर्छ बलायरले भने । दस दिन सम्म तालिममा सिकेका कुराहरूलाई सिमित नगरेर निरन्तरता दिदै अगाडि बढ्न सबै तालिममा सहभागी किशोरीहरूलाई बलायरले आग्रह समेत गरेका छन् । किशोरीहरूका लागि सीपमूलक तालिममा ९ जना किशोरीहरू सहभागी रहेका थिए । सहभागी किशोरीहरूलाई तालिममा डल बनाउने सीप सिकाएको थियो । दस दिने सीपमूलक तालिममा प्रशिक्षक विष्ना कुमारी भट्ट थिइन् ।
प्रतिक्रिया