सरिता कठायत
डोटी / डोटी जिल्ला शिखर नगरपालिकामा शिक्षकहरूले बिद्यालयमा आफ्नो घरको जस्तै जिम्मेवारी भएर शिक्षण गर्नुपर्ने शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताएका छन् । शिक्षा जस्तो क्षेत्रमा पढाइमा लापरबाही भयो भने सबैको भविष्य नै अन्धकार हुन्छ त्यसैले सबैले यो क्षेत्रमा चिन्ताजनक हुनुपर्नेछ बलायरले भने । उनले कक्षा ५ र कक्षा ८ को परीक्षा नगर स्तरीय नगरले लिने योजना बनाएको बलायरले बताए छन् । शुक्रबार एकीकृत पाठ्यक्रम सम्बन्धि शिक्षक प्रशिक्षण कार्यक्रम शिखर नगरपालिका कार्यालय र शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । शिक्षाको क्षेत्रमा वृद्धि ल्याउने हेतुले तालिमको आयोजना गरिएको थियो । शिक्षाको गुणस्तर बढाउनका लागि सबै बिद्यालयका शिक्षकहरूले सकारात्मक तरिकाले शिक्षण गर्नका लागि शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले सहभागी शिक्षकहरूलाई अनुरोध गरेका छन् । जिल्लामा शिखर नगरपालिकाकाको शिक्षा क्षेत्रलाई अगाडि बढाउन बढी भुमिका शिक्षकको रहेकोले जोराले यस विषयमा अगाडि बढ्न सबै शिक्षकहरूलाई सुझाव समेत दिएको छ । एकीकृत पाठ्यक्रम सम्बन्धि शिक्षक शिक्षण कार्यक्रममा प्रशिक्षक राम चन्द्र जोशीले गरेका थिए । शिक्षकहरूलाई दक्ष बनाउनका निम्ति तालिमको आवश्यकता हुन्छ यस्ता खाले प्रभावकारी तालिमहरू आगामी दिनहरूमा पनि हुन आवश्यक रहेको शिखर नगरपालिका ९ सिताराम मावि उच्चाकोटका शिक्षक जगन्नाथ रोस्याराले बताएका छन् । बिधालयमा शिक्षाको क्षेत्रमा सबै सरोकारवालाहरूको अहम् भुमिका रहन्छ त्यसकारण यो कार्यक्रम तालिममा मात्रै सिमित नरहेर प्रत्येक बिद्यालयहरूमा शिक्षकहरूको अनुगमन हुनुपर्ने शिखर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शेर बहादुर कार्कीले बताए । उनले प्रत्येक शिक्षकहरूलाई क्षमता अभिवृद्धि जस्ता तालिमहरू बेलाबखत गर्नुपर्ने र तालिममा सिकेका कुरा शिक्षकहरूले बिद्यालयमा प्रयोग गरिएको छ छैनन् सो कुराको जानकारी समेत आगामी दिनमा नियमित गर्ने कार्कीको भनाइ रहेको छ । शिखर नगरपालिका भित्रका ६० बिद्यालयका ६० जना शिक्षक शिक्षिकाहरू तालिममा सहभागी भएका थिए ।
प्रतिक्रिया