धनगढीको बिद्याभुसणमा निशुल्क आँखा शिविर

पाँजलो न्युज
२ जेठ २०८० १६:३७
धनगढीको बिद्याभुसणमा निशुल्क आँखा शिविर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १३ मोहनपुरमा रहेको बिद्याभुसण पब्लिक स्कुलले आफ्नो स्कुलमा अध्ययनरथ ६ सय ५० जना बिद्यार्थीहरु र ४० जना शिक्षक कर्मचारीहरुको निशुल्क आँखा परिक्षण गरेको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको गेटा आँखा अस्पत्तालको सहयोगमा शिविर संचालन गरेको हो। आँखा अस्पत्तालबाट आउनुभएका कर्मचारी श्याम देउबा र गाउत्री भट्टको सहयोगमा शिबिर सम्पन्न भएको स्कुलका प्रध्यानाध्यापक डिकेन्द्र कुँवरले जानकारी दिए ।

शुक्रबार आयोजना गरिएको एक दिने आँखा शिविरमा स्कुलका ६ सय ५० जना विद्यार्थीहरु र ४० जना शिक्षकहरुले सेवा लिएको प्रध्यानाध्यापक कुँवरले बताए । उनले भने, अबिभावक र बिद्यार्थीको आँखा सम्बन्धि समस्यालाई मध्यनजर गर्दै हामीले सो कार्य गरेका हौँ ।

उनले गेटा आँखा अस्पत्ताल र आँखा परिक्षणमा खटिनुभएका कर्मचारी देउबा र भट्टलाई धन्यबाद पनि दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *