डडेल्धुरामा असिना पानीले हिउँदे बालीमा ठूलो क्षति

पाँजलो न्युज
१३ चैत २०७९ ९:३०
डडेल्धुरामा असिना पानीले हिउँदे बालीमा ठूलो क्षति

डडेल्धुरा । डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएको छ । केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसो परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना परेपछि गाउँ नै सेताम्य भएको छ ।

बजार क्षेत्रमा कम असिना पानी परे पनि ग्रामीण क्षेत्रमा भने असिनापानीसँगै लगातारको झरीले कृषकहरुलाई पाक्नै लागेको बालीमा बज्रपात भएको स्थानीय कृषक लोकबहादुर पालले जानकारी दिनुभयो। फसल भित्र्याने समयमा आएको प्राकृतिक प्रकोपले कृषकहरुलाई अपुरणिय क्षति मात्र भएको छैन नगदे बाली सखाप भएपछि कृषक चिन्तित भएका छन्।डडेल्धुरा मात्र नभई आइतबारको असिना पानीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा धेरै जसो स्थानमा ठूलो क्षति भएपनि विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *